Home  
Janahit Voice

बैशाख छ र सात गते बालबालिकालाइ भिटामिन “ए” र जुकाको औषधि खुवाइदै

६ बैशाख २०८०, बुधबार

सरकारले आज र भोलि बालबालिकालाइ भिटामिन “ए” र जुकाको औषधि खुवाउने भएको छ।

भिटामिन “ए” क्याप्सुल छ महिना देखि ५९ महिनाका बालबालिकालाइ तथा जुकाको औषधि एक बर्ष देखि पाँच वर्ष सम्मका बालबालिकालाइ खुवाइने छ। प्रदेश र स्थानिय तहलाइ राष्ट्रिय अभियान कार्यक्रम सफल बनाउन महाशाखाले परिचयपत्र जारी गरेको छ।

आफना बालबालिकालाइ नजिकैको महिला तथा सामुदायिक स्वास्थ्य स्वयंसेविकामार्फत भिटामिन “ए” क्याप्सुल र जुकाको औषधि खुवाउन मन्त्रालयले अभिभाबकहरुलाइ आग्रह गरेको छ।
सरकारले हरेक वर्ष बैशाख र कात्तिक महिनामा बालबालिकाहरुलाइ भिटामिन “ए” र जुकाको औषधि खुवाउने कार्यक्रम संचालन गर्दै आएको छ। यो बर्ष भिटामिन “ए” करिब २६ लाख बालबालिका र जुकाको औषधि करिब २४ लाख बालबालिकालाइ खुवाउने अनुमान गरिएको छ।

Gomama Infotech
Gomama Infotech
Gomama Infotech


Janahit Voice is now on the test...!



Leave a Reply

Your email address will not be published. Required fields are marked *