Home  
Janahit Voice

शैक्षिक सत्र शुरु नहुँदै विद्यार्थीका हात-हातमा पाठयपुस्तक

६ बैशाख २०८०, बुधबार

विद्यालय उमेर समूहका बालबालिका पढ्नबाट नछुटुन् भनेर सरकारले हरेक वर्ष शैक्षिक सत्र शुरु भएसंगै विद्यार्थी भर्ना अभियान सञ्चालन गर्ने गरेको छ । सत्ता गठबन्धन दलको न्युनतम साझा कार्यक्रममा पनि यस पटक पाठ्यपुस्तकको विषय प्राथमिकताका साथ राखिएको थियो । यसअघिका नयाँ शैक्षिक सत्रमा प्राय: अभिभावक र विद्यार्थीले पाठ्यपुस्तक नपाएको गुनासो गर्दथे ।
तर यस पटक शैक्षिक सत्र शुरु भएसंगै विद्यार्थीको हातमा पाठ्यपुस्तक पुर्‍याउन सफल भएको जनक शिक्षा सामग्री केन्द्रको दाबी छ ।यसपालि दृश्य फेरिएको छ।शैक्षिक सत्र सुरू हुनुभन्दा अघि नै देशका ७० जिल्लामा किताब पुगिसकेका छन्। बाँकी सात जिल्लामा पनि केही दिनभित्र किताब पुर्‍याउने
गरी धमाधम काम भइरहेको छ।

यसअघिका वर्षहरुमा सरकारले समयमै विद्यार्थीको हातमा पाठ्यपुस्तक पुर्‍याउने गृहकार्य गरे पनि सफल हुन सकेको थिएन ।यस पटक जनक शिक्षा सामग्री केन्द्रमा ३ वटा मेसिन थप्दा पनि छपाई सहज भएको भनाई छ यसका साथै चालु पुँजी पनि उपलब्ध भएकाले सहज भएको|बताइएको छ।
पुष ५ गतेदेखि केन्द्रले पाठ्यपुस्तक छपाई कार्य शुरु गरेको थियो ।

कक्षा ६ देखि १० सम्मको पाठ्यपुस्तक छपाई र वितरणको जिम्मा पाएको जनक शिक्षा सामग्री ले
आवश्यक पाठ्यपुस्तक छपाई कार्य सकेको बताइएको छ  । यस पटक कक्षा १ देखि ५ सम्मको पाठ्यपुस्तक छपाईको जिम्मा नीजि मुद्रणलाई दिइएको थियो । विभिन्न १३ वटा मुद्रण कम्पनीले एक करोड २४ लाख ७७ हजार थान पाठ्यपुस्तक छपाई गरेको शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले
जनाएको छ । यस्तै कक्षा ६ देखि १० सम्मको एक करोड २५ लाख ८३ हजार थान जनक शिक्षा सामग्री केन्द्रले छापेको हो ।

 

 

Gomama Infotech
Gomama Infotech
Gomama Infotech


Janahit Voice is now on the test...!



Leave a Reply

Your email address will not be published. Required fields are marked *