Home  
Janahit Voice

आज राति १२ बजे बाट उपनिर्वाचनको मौनता सुरु:निर्वाचन आयोग

७ बैशाख २०८०, बिहीबार

आज रातिको १२ वजेबाट उपनिर्वाचनको मौन अबधि सुरु हुने निरवाचन आयोगले जनाएको छ। राती १२ बजेवाट कुनैपनि खालका प्रचारप्रसार र कार्यक्रमहरु गर्न नपाउने आयोगले जनाएको छ।

यही वैशाख १० गते बारा क्षेत्र नं. २, चितवन क्षेत्र नं. २ र तहहु क्षेत्र नं. १ मा उपनिर्वाचन हुदैँछ। चुनाब हुनुभन्दा ४८ घण्टा अघिबाट मतदानको दिन मतदान केन्द्र नभएसम्म प्रचारप्रसार गर्न निषेध गरिएको छ। निर्वाचनलाइ स्वच्छ,स्वतन्त्र, पारदर्शी तथा भयमुक्त मतदान सम्पन्न गर्नका लागि मौनताको नियम लागु गरिएको हो।

आयोगद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘निर्वाचन (कसुर तथा सजाय) ऐन, ७३ को दफा २४ को ५ तथा निर्वाचन आचारसंहिता, २०७९ को दफा १७ बमोजिम उक्त अवधिमा निर्वाचन प्रचारप्रसार लगायत कुनै पनि प्रकारका छलफल, अन्तर्क्रिया, सभा, सम्मेलन, कार्यशाला, गोष्ठी आदि गर्न, उम्मेदवारको पक्ष वा विपक्षमा कुनै पनि प्रकारको प्रचारप्रसार गर्न, मत माग्न, एसएमएस, फेसबुक, भाइबरजस्ता विद्युतीय माध्यमद्वारा प्रयोग गरिने सामाजिक सञ्जालबाट मत माग्न, आचारसंहिता विपरीत वक्तव्य दिन, प्रेस विज्ञप्ति निकाल्न, प्रकाशन तथा प्रसारण गर्न, सञ्चारमाध्यमबाट जीत हारको पूर्वानुमानका सामग्रीहरू प्रसारजस्ता कार्य गर्न नहुने भएको हुँदा यस्ता आचरणहरू पालना गर्न-गराउन सम्बन्धित सबैलाई आयोग हार्दिक आग्रह गर्दछ ।

भोलिवाट कुनैपनि कार्यक्रम र प्रचारप्रसार गर्न नपाउने भएपछि आज प्रचारप्रसारको अन्तिम तयारीमा राजनितिक दल र सबै कार्यकर्ताहरु लागिरहेका छ्न।

Gomama Infotech
Gomama Infotech
Gomama Infotech


Janahit Voice is now on the test...!



Leave a Reply

Your email address will not be published. Required fields are marked *