Home  
Janahit Voice

उपनिर्वाचनका लागि ९ गते राती १२ बजे देखि नेपाल र भारतको सीमानाका नाका बन्द।

७ बैशाख २०८०, बिहीबार

यही वैशाख १० गते हुने प्रतिनिधिसभा उपनिर्वाचनका लागि नेपाल र भारतका सिमा  बन्ध हुने भएको छ। बारा जिल्ला सँग जोडिएका नेपाल भारत सिमा नाका बिहिबार रातिदेखि ३ दिनका लागि सम्पुर्ण आगमन बन्द हुने बताइएको छ। बाराका प्रमुख जिल्ला अधिकारीले जारी गरेको सुचनामा बारा क्षेत्र नं. २ भित्र पर्ने हुलाकी राजमार्ग लागाएतका सम्पुर्ण राजमार्ग ९ गते राती १२ बजे देखि १० गते साँझ ७ बजे सम्मका लागि सम्पुर्ण आवागमन बन्द गरिने उल्लेख गरिएको छ। तेस्तै मंगलबारदेखि १० गतेसम्म जिल्ला भरी सबै प्रकारका माधक पदार्थ ओसारपसार विक्रिबितरण र सेवनमा रोक लगाएको छ।

 

वैशाख १० गते मतदानको दिन एम्बुलेन्स, दूध तथा औषधी बोकेका सवारी, खानेपानीका ट्याकर, दमकल, दूरसञ्चार, शव वाहन,अस्पताल सेवा, सुरक्षा निकायका सवारी साधनहरु तथा विद्युत सेवा जस्ता अत्यावश्यक सेवा ,कूटनीतिक नियोगकासवारी र अनुमति प्राप्त बाहेकका सवारी साधन सञ्चालनमा रोक लगाएको प्रमुख जिल्ला अधिकारी सापकोटाले जानकारी दिएका छन् ।
उपनिर्वाचनलाई स्वच्छ, निष्पक्ष, पारदर्शी र भयरहित वातावरणमा सम्पन्न गर्न शान्ति सुरक्षालाई दुष्टिगत गरी स्थानीय प्रशासन ऐन २०२८ कोप्रावधान अनुसारको यस्तो आदेश गरिएको हो ।

Gomama Infotech
Gomama Infotech
Gomama Infotech


Janahit Voice is now on the test...!



Leave a Reply

Your email address will not be published. Required fields are marked *