Home  
Janahit Voice

आँखामा आउने कचेराका बिशेषताहरु

७ बैशाख २०८०, बिहीबार

आँखामा देखिने कचेरा बारे सबैलाइ थाहा नै छ तर यो कचेरा हुनु राम्रोकि नराम्रो भन्ने कुरा थाहा नहुन सक्छ। बेलुका सुतेर बिहान उठ्ने बेलामा  सबैको आखाको कुनामा सेतो कचेरा लागेको हुन्छ। यति मात्र फरक हो कि कसैको आखामा बढि र कसैको आखामा कम हुने गर्छ।

आँखाबाट निस्केको आँसु, धुलो, फोहोर र आँखाको ढकनीका मरेका कोषहरुको समिश्रण नै कचेरा हो ।
‘प्लिका सेमी लुनारिस’ नामक आँखाको भागले हरेक समय कचेरा बनाउने तरल पदार्थ (आँसु) निकालिरहेको हुन्छ ।तर आँखा झिमझिम गर्दा यो जम्मा हुन नपाई पखालिन्छ ।तर नदिदाएको बेला आँखा झिमझिम हुँदैन र त्यो तरल पदार्थ आँखाको कुनामा जम्मा हुन पुग्छ । बाहिरको धुलो, फोहोर र मृतकोषले यसलाई जम्न अझ मद्दत गर्छ ।जसबाट सुतेर बिहान उठ्दा आँखामा कचेरा देखिन्छ
तर नदिदाएको बेला आँखा झिमझिम हुँदैन र त्यो तरल पदार्थ आँखाको कुनामा जम्मा हुन पुग्छ बाहिरको धुलो, फोहोर र मृतकोषले यसलाई जम्न अझ मद्दत गर्छ । जसबाट सुतेर बिहान उठ्दा आँखामा कचेरा देखिन्छ कचेराको काम  र आँखाबाट आउने आँसुको काम आँखालाई सुख्खा हुनबाट जोगाउनु हो । आँखालाई भिजाइराख्न र नरम बनाइराख्न आँसुकोभूमिका हुन्छ । यो हरेक समय आँखाबाट निस्किरहेको हुन्छ ।तर निदाएको बेला भने कचेरा बनेर रहन्छ । त्यसैले कचेराले पनि आँखालाई सुख्खा हुनबाट बचाउने नै काम गर्छ ।

सामान्यतया आँखामा सेतो रंगको कचरा देखिन्छ । तर यसको रंग तीन प्रकारको हुन्छ, सेतो, गाढा सेतो र पहेंलो ।सेतो कचेरा : आँखामा दैनिक बिहान उठ्ने बेला आँखाको कुनामा वा ढकनीमा जम्मा भएर बस्ने सेतो कचेरा सामान्य हो ।यो सुत्नेबेला आँखा झिमझिम नभएर जम्मा भएका आँसु र अन्य चीज हुन्छन् । यसले आँखा स्वस्थ भएको मानिन्छ ।

गाढा सेतो कचेरा : नियमित भन्दा पनि गाढा सेतो खालको कचेरा आँखामा देखिएको छ भने त्यसलाई सामान्य रुपमा लिनु हुँदैन ।यो एडिनो भाइरसको संक्रमणबाट भएको हुन सक्छ । गाढा सेतो कचेराले आँखामा संक्रमण भएको संकेत गर्छ ।

पहेंलो कचेरा : कहिलेकाहीं आँखामा पहेंलो रंगको कचेरा देखिन्छ । यो सेतो र गाढा सेतो भन्दा अलि बाक्लो हुन्छ । यस्तो कचेरा देखिएमा आँखामा ब्याक्टेरियाको संक्रमण भएको हुन सक्छ । यसले आँखा रातो हुने, दुख्ने, चिलाउने तथा आँखा पाक्ने समस्या निम्त्याउँछ ।

पहेंलो कचेरा देखिएको छ भने चिकित्सकलाई देखाइहाल्नुपर्छ ।आँखामा कचेरा नआएमा आँखामा संक्रमण भएको हुन सक्छ, आँसु निस्किने नली बन्द भएको हुन सक्छ । जसले गर्दा आँखा सुख्खा हुन नदिन निस्किने तत्वहरु बाहिर निस्कन पाउँदैन् र आँसु आँखाभित्र नै जम्मा हुन्छ
। जसले गर्दा आँखा सुख्खा हुन्छ । त्यसले आँखा चिलाउने, सुन्निने र आँखाभित्र डल्लो पलाउने जस्ता समस्या देखिन सक्छ ।
आँखाभित्र केही पस्दा वा आँखा चिलाउँदा पानी छ्याप्ने गरेको पाइन्छ, तर यो गलत हो । आँखामा जोडले पानी छ्याप्दा आँखाभित्र रहेको नानीमा पर्छ । जसले गर्दा आँखाको नानीमा घाउ हुने, बिमिरा आउने जस्ता जोखिम हुन्छ ।
घरबाहिर निस्किंदा सनग्लास लगाउने, आँखामा फोहोर हातले नछुने, समय–समयमा आँखा सफा गर्ने गर्नुपर्छ । सकेसम्म दैनिक बिहान बेलुका गरी दुईपटक आँखा धुने गर्नुपर्छ ।

(नेत्ररोग विशेषज्ञ डा. सगको कुराकानी)

Gomama Infotech
Gomama Infotech
Gomama Infotech


Janahit Voice is now on the test...!



Leave a Reply

Your email address will not be published. Required fields are marked *