Home  
Janahit Voice

वैशाख १० गतेको परिक्षा सार्‍यो त्रिविले

८ बैशाख २०८०, शुक्रबार

त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालयले यही वैशाख १० गते हुने परीक्षा सारेको छ।
सूचनामा आएअनुसार वैशाख १० गते तीन स्थानमा संघीय संसदको उपनिर्वाचन हुने भएपछि परीक्षा वैशाख १६ गतेलाई सारिएको बताइएकोछ।

बिहीबार बसेको त्रिवि केन्द्रीय परीक्षा सञ्चालन समितिको बैठकले परीक्षा सार्ने निर्णय गरेको बताइएको छ।निर्वाचन आयोग, गृह मन्त्रालय र शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले निर्वाचनको दिन परीक्षा परेकाले सार्न अनुरोध गरेपछि सारिएको बताइएको छ।

वैशाख १० गतेको सम्पूर्ण परीक्षा वैशाख १० गते सन्चालन नगरी वैशाख १६ गते सन्चालन हुने परीक्षा नियन्त्रण कार्यालय बल्खुले जारी गरेको सूचनामा उल्लेख छ । सारिएका परीक्षाहरु यसअघि तोकिएकै समय र सेन्टरमा सन्चालन हुने सूचनामा उल्लेख छ ।

सुचना हेर्नुहोस।

Gomama Infotech
Gomama Infotech
Gomama Infotech


Janahit Voice is now on the test...!



Leave a Reply

Your email address will not be published. Required fields are marked *