Home  
Janahit Voice

काठमाण्डौ महानगरपालिकाले सीसीटिभी क्यामरा जडान गर्न नेपाल प्रहरीलाइ ६ करोड रुपैयाँ दिने

८ बैशाख २०८०, शुक्रबार

काठमाण्डौँ महानगरपालिकाले नेपाल प्रहरीलाइ महानगरपालिका क्षेत्रभित्र सीसीटिभी जडान र संचालन गर्न ६ करोड रुपैयाँ दिने भएको छ।शहरको शान्ति सुरक्षा, अपराध नियन्त्रण, दुर्घटना, फोहरमैला व्यवस्थापन, फुटपाथ अतिक्रमण, प्रदूषण, सार्वजनिक सम्पत्तिको उपयोग जस्ता शहरी सुशासन र महानगरपालिकाको कार्य सम्पादनलाई सूचना प्रविधि प्रणालीमा आवद्ध गराउन सीसीटीभी जडानमा सहयोग गरेको महानगरपालिकाले जनाएको छ ।

जानकारीमा आएअनुसार महानगरपालिका प्रमुख बालेन शाहको रोबरमा बिहिबार प्रसासकिय अधिकृत वसन्त अधिकारी र काठमाण्डौ उपत्यका प्रहरी कार्यलय रानिपोखरिका प्रहरी अतिरिक्त महानिरिक्षक श्यामलाल ज्ञावलीबिच सम्झौता पत्रमा हस्ताक्षर भएको हो।काठमाण्डौ महानगरपालिकाले दिने रकममध्ये ५० प्रतिशत अर्थात ३ करोड रुपैयाँ आउदो १५ दिन भित्र र बाकी रकम खरिद र सम्झौता बमोजिम कार्य सम्पादन भएपछि भुक्तानी दिनेछ। महानगरका प्रमुख बालेन शाहले सम्झौतापछि सहरी व्यबस्थापनसँग सम्बन्धित अबस्था हेर्न महानगरभित्रै सीसीटिभी निगरानी कक्ष स्थापना गर्नुपर्नेमा जोड दिएका छन । शहरलाइ व्यवस्थापन गर्न र सार्बजनिक सरोकार जस्ता विषयमा नेपाल प्रहरी सँग सहकार्य जारी छ। यो नियमित हुनेछ:मेयर बालेन शाह ”

 

महानगरका अनुसार सम्झौतामा उल्लेख गरिएको कामहरु गृहमन्त्रलयबाट जारी भएको सीसीटिभी जडान तथा संचालन सम्बन्धी कार्यविधि अनुसार हुनेछ। यस अघि २०५६ फागुन १५ गते सम्झौता अनुसार पनि महानगरले प्रहरीलाइ ३ करोड रुपैयाँ उपलब्ध गराएको थियो। त्यस सम्झौताबमोजिम जडान गरिएका १६५ वटा सीसीटिभी क्यामरामध्ये अहिले १५८ वटा चालु अबस्थामा छ्न। जानकारीमा आएनुसार उपत्यकामा भएका २ हजार २३१ सीसीटिभी क्यामरामध्ये १ हजार ५१ वटाको दृश्य कन्ट्रोल रुमबाट निगरानी हुन्छ।

Gomama Infotech
Gomama Infotech
Gomama Infotech


Janahit Voice is now on the test...!



Leave a Reply

Your email address will not be published. Required fields are marked *