Home  
Janahit Voice

चितवन २ मा शान्तिपुर्ण मतदान रवि र रामप्रसादले आफैँलाइ भोट हाल्न नपाउने

१० बैशाख २०८०, आईतवार

चितवनमा बिहान ७ बजेदेखि नै शान्तिपूर्ण रुपमा मतदान सुरु भएको छ। नेपाली कांग्रेसका उम्मेदवार जितनारायण श्रेष्ठले चतुर्मुखी उच्च माविशक्तिखोरबाट मतदान गरेका छन्। चितवन क्षेत्र नम्बर २ का उम्मेदवार रवि लामिछानेले र रामप्रसादन्यौपानेले मताधिकार प्रयोग गर्न नपाउने भएका छन् । उनीहरुको नामावली चितवन क्षेत्र नम्बर २ मा नहरेकाले मताधिकार प्रयोग गर्न नपाउने भएका हुन् । गत मंसिर ४ को प्रतिनिधि सभा निर्वाचनमा चितवन क्षेत्र नं. २ बाट निर्वाचित रास्वपा सभापति रवि लामिछानेको नागरिकता सर्वोच्च अदालतले खारेज गरिदिएसँगै उनको सांसद पद गुमेपछि त्यहाँ उपनिर्वाचन गरिएको हो ।जाकारीमा आएअनुसार किरियापुत्री, ज्येष्ठ नागरिक  पनि उत्साहपूर्ण ढंगले मतदानमा सहभागी भइरहेको छन।

चितवन २ मा ४३ स्थलका १३८ केन्द्रमा मतदान भइरहेको छ । यहाँ एक लाख २४ हजार छ सय ९५ जना मतदता छन् । ती मध्ये ६३ हजार दुई सय ९१ महिला, ६१ हजार चार सय तीन पुरुष र एक जना तेस्रो लिङ्गी रहेका छन् ।मतदानका लागि बिहान सबेरैदेखि मतदान केन्द्रमा मतदाता लाइनमा बसेका छन् । दिउँसो गर्मी हुने भएकाले बिहानैदेखि मतदाता मतदानका लागि लाइनमा बसेका हुन् ।

उपनिर्वाचनको संवेदनशीलतालाई मध्यनजर गरी पश्चिमतर्फबाट चितवन आउने सवारी साधनलाई नवलपुरको गैंडाकोटमा नै रोकिएका छन् ।दमकल, एम्बुलेन्स, खानेपानी ट्यांकर, दूध बोक्ने सवारीसाधन, शववाहन, फोहरमैला ओसार्ने सवारीसाधन, अस्पतालमा कार्यरत चिकित्सक, स्वास्थ्यकर्मी, अस्पतालको पत्रसहित चलेको सवारीसाधन र सूचना तथा प्रसारण विभागबाट जारी प्रेसपास भएका पत्रकार चढेको सवारी भने सञ्चालनमा छन् ।

Gomama Infotech
Gomama Infotech
Gomama Infotech


Janahit Voice is now on the test...!



Leave a Reply

Your email address will not be published. Required fields are marked *