Home  
Janahit Voice

सिक्किमकी नीलमलाइ पहिलो संस्करणको “द पोएट आइडल” को उपाधि

१० बैशाख २०८०, आईतवार

पहिलो संस्करणको “द पोएट आइडल ” को उपाधि सिक्किमकी कवि निलम गुरुङले जितेकी छिन। शुक्रबार राति सम्पन्न ग्राण्ड फिनालेमा गुरुङ पहिलो आइडल बन्न सफल भएकी हुन। साहित्यमा आधारित नेपालकै पहिलो रियालिटी सो मा सबैभन्दा बढी भोट ल्याउदै विजेता बनेकी निलमले १० लाख रुपैया नगद समेत जितेकी छिन।

नेपालको पहिलो कबिता रियालिटी सो द पोएट आइडलको विजेता बनेपछि निलम गुरुङको व्यस्तता अहिले वढेको छ। शुक्रबार नेपालकै पहिलो पोएट आइडल बनेकी निलमलाइ अहिले अन्तरवार्ता दिन ब्यस्त छिन।

उनि भन्छिन टाइटल जित्न पाउँदा एकदमै खुसी भएकी छु अब भने प्रतिस्पर्धा सुरु भएको छ। अब कसरी यो उपाधिलाइ न्याय दिने र कसरी आफ्ना कविताहरुलाइ अझ राम्रो बनाएर अगाडी लैजाने भन्ने चुनौती र जिम्मेवारी थपिएको छ। उनी भन्छिन, उपाधिमात्र जितेर केही हुदैन साहित्य क्षेत्रलाइ कसरी अगाडी बढाएर उपाधिलाइ न्याय दिन सकिन्छ भनेर लाग्नुपर्नेमा जोड दिनुपर्छ।

उनी भन्छिन पहिलेनै नेपाल आउने इच्छा थियो तर पोएट आइडलले नै सिक्किम देखि नेपाल सम्म आउने साइत जुराइदियो । उनले कबिता लेख्न थालेको ९ बर्ष भएको छ। पहिले सुरुवातिका चरणमा आफ्ना भाबनाहरु पोख्न मात्र कबिता लेख्थे तर विस्तारै कविले लेखेका कविताले समाज परिबर्तन गर्न सक्ने हैसियत बुझेपछि उनमा कविताप्रतिको मोह झन बढ्दै गएको हो।

पहिलेदेखि सिर्जना गर्न रूचाउने भएता पनि कलेज पढ्ने बेलासम्म पनि मलाई कुनै कविताले प्रभावित गर्न सकेको थिएन,’सायद मैले पढ्न नरूचाएर पनि होला। कविताले जुन चर्चा र परिचर्चा पाउनुपर्ने थियो त्यो पाएको थिएन र मैले कविता पढ्नुपर्छ भनेर थाहा पाइनँ।’सिक्किममा निलम कक्षा १० सम्मका विद्यार्थीलाई पढाउँछिन्। उनी शिक्षण पेशामा लागेको ६ वर्ष भयो। निलम आफूले पाएको उपाधि आफ्ना विद्यार्थीमार्फत् प्रस्तुत गर्ने योजना रहेको बताउँछिन्। यस्तै समय-समयमा पहिलेझैं कविता दर्शकस्रोता समक्ष पस्किरहने उनको भनाइ छ।

Gomama Infotech
Gomama Infotech
Gomama Infotech


Janahit Voice is now on the test...!



Leave a Reply

Your email address will not be published. Required fields are marked *