Home  
Janahit Voice

गर्मिमा धनियाँ पानी पिउनुको फाइदा

१० बैशाख २०८०, आईतवार

धनियाँ धेरैजसो नेपाली घरपरिवारमा प्रयोग गरिन्छ । कोही खानाको स्वाद बढाउन धनियाँ प्रयोग गर्छन् भने कोही धनियाँले तौल घटाउँछन् । धनियाँ हाल्दा खानाको स्वाद बढ्छ । साथै, पोषक तत्त्वमा पनि वृद्धि हुन्छ । धनियाँमा भिटामिन ए, सी, ई र के पाइन्छ । धनियाँ फलाम, प्रोटिन, फाइबर क्याल्सियमको राम्रो स्रोत पनि हो । धनियाँमा शीतल प्रभाव छ, त्यसैले तपाईं यसलाई गर्मीमा पनि सजिलै प्रयोग गर्न सक्नुहुन्छ । धनियाँलाई पाउडरको रूपमा लिन खान सक्नुहुन्छ । यसबाहेक गर्मीमा धनियाँको पानी पिउनु पनि निकै फाइदाजनक हुन्छ । गर्मीमा धनियाँको पानी पिउनुका फाइदाहरू जानिराख्नुहोस।

गर्मी महिनामा सधैँ धनियाँको पानी पिउनुहुन्छ भने तपाईंको पेट पोल्ने समस्या हट्छ । धेरै मानिसलाई गर्मीमा मसालेदार खान खान मन पर्छ, जसका कारण पेट पोल्न थाल्छ । यस्तोमा धनियाँको पानी पिउँदा पेट पोल्ने समस्या हटाउँछ । धनियाँको पानी पिउँदा पेटको गर्मी बाहिर निस्कन्छ र यसले गर्दा राहत मिल्छ । गर्मी मौसममा धेरै मानिसको पिसाब पोल्ने गर्छ । यसका थुप्रै कारण हुन सक्छन् । पिसाब पोलिरहेको छ भने डाक्टरको सल्लाह लिनुपर्छ । तर यदि तपाईं धनियाँको पानी पिउनुहुन्छ भने पिसाब पोल्ने समस्याबाट राहत पाउन सक्नुहुन्छ । धनियाँको पानी पिसाबसँग सम्बन्धित समस्यालाई निको पार्न सहयोगी हुनसक्छ ।

गर्मीमा मुखको छाला जाने समस्या पनि धेरै नै देखिन्छ । यदि तपाईं पनि यसबाट राहत पाउन चाहनुहुन्छ भने धनियाँको पानी नियमित रूपमा सेवन गर्नुहोस् । धनियाँको पानीले शीतलता प्रदान गर्छ । साथै, ब्याक्टेरियल सङ्क्रमणबाट राहत मिल्छ र मुखको स्वास्थ्य सुधार हुनेछ ।केही मानिसहरूको गर्मी मौसममा पित्त बढ्न थाल्छ । यसका कारण उनीहरूलाई एसिडिटी, रातो बिमिरा र चिलाउनेलगायतका समस्या देखिन्छ । यस्तोमा धनियाँको पानी पिउनु फाइदाजनक हुनसक्छ । धनियाँको पानीमा पित्तलाई शान्त बनाउने गुण हुन्छ । यस्तो अवस्थामा धनियाँको पानी पिउनुभयो भने यसले पित्त सन्तुलनमा   रहनेछ।

गर्मीमा धेरैजसो मानिसलाई छालासँग सम्बन्धित समस्या हुन थाल्छ । यसमा दाद, धब्बा, डण्डिफोरलगायतका समस्या देखिन्छन् । तर तपाईंले दैनिक जसो धनियाँ पानी पिउनुहुन्छ भने यसले यस्ता समस्यामा धेरै नै राहत दिनसक्छ ।

गर्मीमा धनियाँको पानी कसरी पिउने जानिराख्नुहोस ?

गर्मीमा धनियाँको पानी पिउनु स्वास्थ्यका लागि लाभदायी हुन्छ । यसका लागि तपाईं एक गिलास पानी मा १ चम्चा धनियाँको दाना हालेर रात भरी भिजाएर राख्नुहोस् । बिहान यो पानीलाई उमालेर छानेर पिउनुहोस् । यो पानी सधैँ पिउनुहुन्छ भने स्वास्थ्य सम्बन्धी थुप्रै समस्या हट्न सक्छ । तर यदि तपाईंलाई कुनै गम्भीर रोग छ भने डाक्टरको सल्लाहमा मात्रै धनियाँको पानी पिउनुहोस् ।

Gomama Infotech
Gomama Infotech
Gomama Infotech


Janahit Voice is now on the test...!



Leave a Reply

Your email address will not be published. Required fields are marked *