Home  
Janahit Voice

करारमा माग्यो काठमाण्डौँ महानगरले सय जना नगर प्रहरी

१० बैशाख २०८०, आईतवार

काठमाण्डौँ महानगरपालिकाले एक १०० जना कर्मचारी मागेको छ। आइतबार महानगरले एक सुचना जारि गरी उक्त संख्यामा नगर प्रहरी माग गरेको हो। गृहमान्त्रालयले नगर प्रहरीका लागि मिति २०६९\१२\१७ गते गरेको भर्ना आव्हानमा बैकल्पिक सुचिमा परेकाहरुले आबेदन दिन सक्नेछन। सो आवेदन सुचना प्रकाशित भएको मितिले ७ दिनभित्र महानगरको प्रशासन शाखामा पेश गर्नु पर्नेछ।

काठमान्डौँ महानगरपालिकाले महानगरको वेबसाइडमा गएरपनि वैकल्पिक सुचिको नामावली हेर्न सकिने जनाएको छ।

महानगरले मागेको सुचि अनुसार खुलामा प्रहरी जवानबाट ३३ जना, सशस्त्र प्रहरीतर्फ २७ जना, महिला १७ जना, आदीवासी जनजाति १६ जवान, मधेशी २ जना, दलित ४ जना र अल्पसंख्यक १ जना छ ।

Gomama Infotech
Gomama Infotech
Gomama Infotech


Janahit Voice is now on the test...!



Leave a Reply

Your email address will not be published. Required fields are marked *