Home  
Janahit Voice

मूलपानीमा खराब मौसमका कारण खेल सुरु हुन ढिलाइ

११ बैशाख २०८०, सोमबार

एसीसी प्रिमियर कप अन्तर्गत नेपाल र साउदी अरब विचको खेल सिमसिम पानी परेका कारण खेल प्रभाबित भएको छ। मूलपानी मैदानमा आज ९ बजे देखि सुरु हुनुपर्ने समुह “ए” मा रहेका नेपाल र साउदी बिचको खेल मौसम खराब भएका कारण हुन सकेको छैन ।

मूलपानी मैदानमा हल्का पानी परेका कारण ८ बजे नै हुनेपर्ने टस अहिले सम्म भएको छैन । जानकारीमा आएअनुसार सिमसिम पानी रोकिएको छैन, पानी रोकिएपछि खेल सुरु हुने बताइएको छ

यस अघि भएको खेलमा नेपालले ओमनलाइ ८४ रनले हराएको थियो भने साउदी अरबले कतारलाइ सात बिकेटले हराएको थियो । यस अघिको खेलमा बिजेता रहेका दुबै टोली आज मैदानमा उत्रन लागेका हुन। उता हङकङ भने युएइलाइ डियल पद्धतिमा ६७ रनले हराएर बहराइन सँग भिड्न लागेको हो भने बहराइन यस अघिको खेलमा कुवेतसग दुइ बिकेटलाइ पराजित भएको टिम हो।

Gomama Infotech
Gomama Infotech
Gomama Infotech


Janahit Voice is now on the test...!



Leave a Reply

Your email address will not be published. Required fields are marked *