Home  
Janahit Voice

चितवनमा दिउँसो १ बजे बाट मत गणना सुरु हुने

११ बैशाख २०८०, सोमबार

चितवन क्षेत्र नं. २ को मत गणना सोमबार दिउँसो १ बजेबाट सुरु हुने सहमत भएको छ। राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आचार संहिताको उल्लघंन गरेको र माफी माग्नुपर्ने अडान लिएपछि मत गणना सुरु हुन सकेको थिएन। आइतबार भएको प्रतीनिधि सभा सकिएपछि मत गणना हुनु पर्नेमा विबादका कारण मत गणना हुन सकेको थिएन ।

यसअघि सर्वदलीय बैठकमा कांग्रेस एमालेका प्रतिनिधिले रास्वपाका उम्मेदवार रवि लामिछानेलाई कारवाही गर्नुपर्ने भन्दै चर्को आवाज उठाएका थिए । एमाले कांग्रेसको अडानपछि लामिछानेलाई मुख्य निर्वाचन अधिकृतको कार्यलयले स्पष्टिकरण सोध्ने र प्रमुख जिल्ला अधिकारीले मतपेटिकाको सुरक्षा जिम्मेवारी लिने सहमति भएको छ ।

 

सोमबार बिहान सर्बदलिय बैठक बसेको थियो उक्त बैठक पछि दिउँसो १ वजेबाट मतगणना गर्न निर्णय गरेको जिल्ला निर्वाचन अधिकारी भिमसेन कार्कीले बताएका छ्न। चितवन क्षेत्र नं. २ मा काग्रेसबाट जीतनारायण श्रेष्ठ र नेकपा एमालेका रामप्रसाद न्यौपाने उम्मेदवार रहेका छ्न।

 

तनहुँ १ मा भने मतगणना भईरहेको छ। त्यहा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार स्वर्णिम वाग्ले अगाडी छ्न भने बारा क्षेत्र नं. २ मा मत गणना हुन सकेको छैन।

Gomama Infotech
Gomama Infotech
Gomama Infotech


Janahit Voice is now on the test...!



Leave a Reply

Your email address will not be published. Required fields are marked *