Home  
Janahit Voice

आज नेपालमा लोकतन्त्र दिवस विभिन्न कार्यक्रम आयोजना गरी मनाइदै

११ बैशाख २०८०, सोमबार

आज नेपालमा लोकतन्त्र दिवस विभिन्न कार्यक्रम आयोजना गरी मनाइदै छ। विं सं. २०६३ बैशाख ११ गते तत्कालीन राजा ज्ञानेन्द्रले आन्दोलनरतका दलको मार्गचित्र बमोजिम विं सं. २०५९ जेठ ८ गते विघटन भएको संसद पुर्नस्थापना गरे। जनताको बिजय भएको खुसीयालिमा विंसं. २०६४ देखि देशभर लोकतन्त्र दिबस मनाउन थालिएको हो । सशस्त्र द्वन्द्का कारण विं सं. २०५९ असोजमा संसद बिघटनपछि निर्वाचन हुन सकेन । निर्वाचन नभएपछि राजाले इच्छा लागेका मानिसलाइ प्रधानमन्त्री बनाउने र हटाउने श्रृङखला चल्यो । लोकेन्द्र बहादुर चन्द्र, सुर्य बहादुर थापा र शेर बहादुर देउवा गरी ३ जनालाइ राजा ज्ञानेन्द्रले प्रधानमन्त्री वनाउदै हटाउदै गरे। विं सं. २०६१ माघ २१ गते राजा ज्ञानेन्द्रले शासन सत्ता आफै हातमा लिएपछि आन्दोलनरत दल र तत्कालिन सशस्त्र युद्द रत नेकपा मावबादीबिच १२ बुदे समजरी भयो ।नयाँ बर्ष सगै लाखौ जनता सडकमा आए । चक्रपथमा मानब सागरले भरिएपछि राजा ज्ञानेन्द्र दलहरुको मार्गचित्रमा सहमत भए ।

 

आन्दोलन दलले गरेकै मस्यौदाको आधारमा राजा ज्ञानेन्द्रले वैशाख ११ गते राती संसद पुनस्थापनाको घोषाण गरी वैठक समेत आव्हान गरे । त्यसैले यस दिनलाइ लोकतन्त्र दिवस भनिन्छ। विं सं.२०६३ जेठ ४ गते संसदले राजदरबारको अधिकार कटौती गर्दै राजसंस्थालाइ निलम्बन गरियो। बैठकले मावबादीलाइ शान्ती प्रक्रियामाल्याइ संविधानसभाअ निर्वाचन गर्ने सङकल्प प्रस्ताप पारीत गरेको थियो । २०६४ चैत २८ गते पहिलो संविधानसभा निर्वाचन भयो । २०६५ जेठ १५ गते बसेको बैठकले दुइ सय ४० बर्षे राजसंस्थाको अन्त्य गर्यो

विसं २०७० मंसिर ४ गते सम्पन्न दोस्रो संविधानसभा निर्वाचनबाट निर्वाचित सभाले २०७२ असोज ३ गते संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधान जारी भयो । संविधानबमोजिम दुईपटक तीनै तहको निर्वाचन सम्पन्न भई आन्दोलनकोबलमा बनेको संविधान कार्यान्वयन भइरहेको छ । जसअनुसार संघीय, प्रादेशिक र स्थानीय सरकारले शासन सञ्चालन गरेका छन् । यो परिवर्तनको प्रवेशद्वार भएकाले वैशाख ११ गतेलाई लोकतन्त्र दिवसका रुपमा मनाउने गरिएको छ ।

Gomama Infotech
Gomama Infotech
Gomama Infotech


Janahit Voice is now on the test...!



Leave a Reply

Your email address will not be published. Required fields are marked *