Home  
Janahit Voice

सर्वोच्चको आदेशमा १५ दिनपछि उठाइयो सिंहदरबारको फोहोर

१२ बैशाख २०८०, मंगलवार

महानगर पालिकाले सुकुमबासी बस्ती हटाउन सिंहदरबारबाट कुनैपनि सहयोग नपाएको भन्दै मेयर शाहले बञ्न्चरेडाडा सेनेटरी ल्याण्ड फिल्ड साइडमा सिंहदरबारको फोहोर नलाने अडान राखेका थिए।

मेयर बालेन्द्र साह(बालेन) फोहोर व्यवस्थापन गर्ने कम्पनीलाई फोहोर नउठाउन भनेपछि २६ चैतदेखि सिंहदरबार क्षेत्रको फोहोर उठेको थिएन जसका कारण सिंहदरबार क्षेत्रको फोहोर व्यवस्थापनमा समस्या आएपछि अधिवक्ता पदमबहादुर श्रेष्ठले महानगरविरुद्ध रिट दायर गरेका थिए ।
उक्त रिट निवेदनमाथि सुनुवाइ गर्दै सर्वोच्च अदालतले आदेश प्राप्त भएको मितिले ३ दिनभित्र फोहोर उठाइसक्न महानगरपालिकाका नाममा शुक्रबार आदेश जारी गरेको थियो ।

बञ्चरेडाँडा ल्याण्डफिल साइटमा महानगरपालिकाले फोहोर लैजान नदिने भएपछि सिंहदरबार भित्रै फोहोरको व्यवस्थापन समेत सुरु भएको थियो । फोहोर रोकिन थालेपछि कुहिने फोहोर मल र पशुआहार, पुनः प्रयोग गर्नुपर्ने फोहोर वर्गीकरण गरेर व्यवस्थापन गर्दै आएको छ ।

सिंहदरबारबाट कुहिने र नकुहिने गरी दैनिक ५ टन फोहोर उत्पादन हुँदै आएको छ । ५ टन मध्ये फोहोर वर्गीकरण गरेर ३ टन भन्दा धेरै फोहोरको व्यवस्थापन सिंहदरबारभित्रै भएपनि करिब २ टन फोहोर ल्याण्डफिल साइट लैजान पर्ने फोहोर उत्पादन हुने गर्दछ ।

सर्वोच्च अदालतले सिंहदरबारको फोहोर उठाउन महानगरपालिकालाई आदेश दिएपछि आदेशको पालना गर्ने भन्दै मेयर साहले सर्वोच्चको आदेश अन्य निकायले पनि पालान गर्नुपर्ने बताएका छन् । यसै बिषयमा मेयर वालेनले फेसबुक स्टाटसमा आफ्नो धारणा यसरी व्यक्त गरेका छन।

Gomama Infotech
Gomama Infotech
Gomama Infotech


Janahit Voice is now on the test...!



Leave a Reply

Your email address will not be published. Required fields are marked *