Home  
Janahit Voice

भौतिक सिमबाट आई-सिम र ई-सिमबीचको भिन्नता

१२ बैशाख २०८०, मंगलवार

 

सिम भन्ने बित्तिकै हाम्रो दिमागमा आउने कुरा भनेको एउटा चिप जस्तो कार्ड हो, जसलाई हामी हाम्रो मोबाइलमा राख्छौं र यसले हामीलाई मोबाइल प्रयोग गर्न सहयोग गर्छ भनेर बुझ्छौं । पछिल्लो समय बजारमा ई-सिम र आई-सिमको चर्चा बढ्दो छ । नेपालमा पनि नेपाल टेलिकम र एनसेलले ई-सिम
वितरण सुरु गरिसकेका छन् । यस्तोमा ई-सिम र भौतिक सिमलाई लिएर धेरै प्रश्न उब्जिएका छन् । यसैबीच आई-सिमको चर्चा सुरु भएको छ ।

भौतिक सिमकार्ड

भौतिक सिम कार्ड हाम्रा लागि नौलो छैनन् । यो हामीले प्रयोग गरिरहकै सिमकार्ड हो । यस्ता सिम प्लास्टिकका हुन्छन्, जुन तपाईँले कुनै दूरसञ्चार सेवाप्रदायकसँग खरिद गर्न सक्नुहुन्छ । कार्डमा छापिएको सानो सुनजस्तै देखिने टल्किने चिपले तपाईँको फोनलाई दूरसञ्चार नेटवर्कमा कनेक्ट गर्न सहयोग गर्छ ।

तिक कार्डहरूको आफ्नै मापदण्डहरू छन्, जुन समयसँगै संकुचित भएका छन् । पहिलेजस्तो ठूलो सिम राख्नुपर्दैन । अहिले सिमको आकार नानो सिममा सीमित भएको छ । अझ फर्किएर हेर्दा,पहिले एउटा डेबिट कार्ड जत्रै आकारको सिम उपलब्ध हुन्थ्यो । समयसँगै फोनको विकासक्रम परिवर्तन हुँदै गयो र फोनको आकार पनि घट्दै गयो । अनि फोनसँगै सिमकार्डको आकार पनि परिवर्तन हुँदै गयो । सिम कार्डलाई मिनी सिममा पुर्‍याइयो । यसले मोबाइल प्रयोगकर्तालाई धेरै सहज बनायो ।
ई-सिम
ई-सिम एक प्रकारको भर्चुअल अर्थात इलेक्ट्रोनिक सिम हो । ई-सिम उपलब्ध भएपछि अहिलेको जस्तो भौतिक रुपमा प्रयोग गरिने सिमकार्डको आवश्यकता पर्दैन ।यसका लागि ई-सिम सपोर्ट गर्ने डिभाइस आवश्यक हुन्छ । ई-सिम मोबाइलको मदरबोर्डमा अट्याच गरिन्छ । यसलाई मोबाइल मात्र नभई ट्याबलेट र स्मार्टवाचमा पनि प्रयोग गर्न सकिन्छ
आई-सिम
सामान्य भाषामा बुझ्दा आई-सिम ई-सिमकै परिष्कृत रुप हो । ई-सिम फोनको मदरबोर्डमा अट्याच गरिएको हुन्छ भने आई-सिम फोनको प्रोसेसरमा राखिएको हुन्छ ।

आई-सिमलाई क्वालकमले सुरुमा ल्याएको हो । ई-सिमको तुलनामा आई-सिम धेरै सुरक्षित हुने बताइन्छ । आई-सिम सिस्टम-अन-अ-चिपमा आधारित सेवा हो ।

Gomama Infotech
Gomama Infotech
Gomama Infotech


Janahit Voice is now on the test...!



Leave a Reply

Your email address will not be published. Required fields are marked *