Home  
Janahit Voice

माध्यामिक तहसम्म छोटो अबधिको सीपमुलक तालिम कार्यक्रम को सुभारम्भ

१२ बैशाख २०८०, मंगलवार

शैक्षिक सत्र २०८० देखि काठमाण्डौ महानगरपालिकाले समुदायिक विद्यालयको माध्यामिक तह (९देखि१०)  सम्म छोटो अवधिको सीपमुलक तालिम कार्यक्रम थालनी गरेको छ। यस कार्यक्रमलाइ महानगर पालिकाका प्रमुख बालेन शाहले भर्चुअल माध्यामबाट उदघाटन गरेका छ्न।

पाठ्यपुस्तकबाट प्राप्त हुने सैद्धान्तिक ज्ञानसँगै जीवनउपयोगी, सीपमूलक तथा व्यवहारिक शिक्षा प्रदान गरेर विद्यालय तह पूरा गर्दा कम्तीमा एउटा प्राविधिक क्षेत्रमा स्वरोजगार हुन सक्ने जनशक्ति तयार गर्न
यस प्रकारको कार्यक्रम थालनी गरिएको महानगरले जनाएको छ ।शिक्षामा सीप , सामुदायिक विद्यालयमा छोटो अवधिको सीपमूलक तालिम: पुस्तक बिहीन शुक्रबार कार्यक्रमलाई प्रभावकारी रुपमा अघि बढाइने महानगरका प्रमुख बालेन्द्र शाहले जानकारी दिनुभयो ।

९० घण्टे तालिमका लागि कृषि तथा सहरी खेती, सौन्दर्यकला , काष्ठ कला, पाक कला लगाएत १० वटा क्षेत्र निर्धारण गरिएको छ ।उक्त कार्यक्रम सञ्चालनका लागि विद्यालयहरुलाई अनुदान रकम उपलव्ध गराइने महानगर प्रमुख शाहले जानकारी दिए । विद्यालयस्तरबाटै सुरु गरिने यस्ता कार्यक्रमबाट बिद्यार्थीहरुलाई स्वरोजगारबनाउन मद्धत पुग्ने उनले बताए।तालिम सञ्चालनका लागि शिषा अधिकारीको अध्यक्षतामा तालिम सञ्चालन तथा व्यवस्थापन समिति गठन गरिएको छ । समितिले पाठ्यक्रम निर्माणमा सहजीकरण गर्ने, कार्यक्रमको अनुगमन र निरीक्षण गर्ने, विद्यार्थी र अभिभावकहरुको माग अनुसार थप
विधाको पाठ्यक्रम निर्माण गर्ने काम गर्ने महानगरले जनाएको छ ।

Gomama Infotech
Gomama Infotech
Gomama Infotech


Janahit Voice is now on the test...!



Leave a Reply

Your email address will not be published. Required fields are marked *