Home  
Janahit Voice

मेन्छियाम हाइड्रोपावरको आईपीओ सर्बसधारणको लागि बाँडफाँट

१३ बैशाख २०८०, बुधबार

मेन्छियाम हाइड्रोपावर लिमिटेडको धितोपत्रको सार्वजनिक निष्कासन (आईपीओ) बाँडफाँट भएको छ । कम्पनीले सर्वसाधारणका लागि ४ वैशाखदेखि ७ वैशाखसम्म निष्कासन गरेको आईपीओ बुधबार बाँडफाँट गरेको हो ।कम्पनीले सर्वसाधारणका लागि कुल ९ लाख ३४ हजार ९१५ कित्ता साधारण सेयर (आईपीओ) निष्कासन गरेको थियो। उक्त आईपीओमा कुल १२ लाख ४४ हजार ३८५ आवेदकले करोड ३७ लाख २० हजार ३० कित्ता सेयरका लागि आवेदन दिएका थिए ।जसमध्ये ६५ हजार ६४६ वटाआवेदन रद्द भएर ११ लाख ७४ हजार २२८ आवेदन स्वीकृत भएको कम्पनीको धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धक एनआईसी एशिया क्यापिटलले जनाएको छ ।

कम्पनीको आईपीओमा माग भन्दा बढी आवेदन परेकोले धितोपत्र निष्कासन तथा बाँडफाँट निर्देशिका अनुसार गोलाप्रथाबाट आईपीओ बाँडाफाँट भएको कम्पनीले जनाएको छ । स्वीकृत आवेदनमध्ये गोलाप्रथाबाट ९५ हजार ४११ जनाले १० कित्ताका दरले सेयर बाँडफाँट भएको एनआईसी एशिया क्यापिटलले जनाएको छ ।जसमध्ये ४ जनाले थप एक कित्ता अर्थात कुल ११ कित्ताका दरले कम्पनीको सेयर प्राप्त गरेका छन् । अन्य आवेदकले भने कम्पनीको सेयर प्राप्त गर्न सकेनन् ।कम्पनीले संखुवासभामा ४.७२ मेगावाटको माथिल्लो पिलुवा खोला २ जलविद्युत आयोजना निमार्ण गरिरहेको छ । कुल अनुमानित लागत १ अर्ब ३१ करोड ९० लाख ७० हजार ४०८ रुपैयाँ रहेको छ भने प्रतिमेगावाट कुल अनुमानितलागत २७ करोड ९४ लाख ६४ हजार ६९ रुपैयाँ रहेको छ।

Gomama Infotech
Gomama Infotech
Gomama Infotech


Janahit Voice is now on the test...!



Leave a Reply

Your email address will not be published. Required fields are marked *