Home  
Janahit Voice

प्रधानमन्त्री पुष्पकमल दाहाल : बिकासले मात्र पनि जनता सन्तुष्ट हुदैनन

१३ बैशाख २०८०, बुधबार

प्रधानमन्त्री पुष्पकमल दाहालले पछिल्लो समय विकासले मात्र पनि नागरिक सन्तुष्ट नभएको स्थिति महसुस भएको बताएका छन् ।प्रधानमन्त्रीले एक कार्यक्रममा बोल्दै चितवन र भरतपुर महानगरपालिकाको विकासका लागि आफूले असाधारण योगदान गरे पनि जनता सन्तुष्ट नभएको बताएका छन।

उपचुनावको परिणामलाई संकेत गर्दै दाहालले भने, ‘कहिलेकाहीँ मलाई के महसुस हुन्छ भने विकास गरेपछि जनता सन्तुष्ट हुन्छन् भन्ने मात्र पनि रैनछ । गएको ५ वर्षमा चितवनको जनप्रतिनिधिका रूपमा  चितवनमा सिंगै र भरतपुर महानगरपालिकामा विकासको जुन स्तर भएको छ जुन अभूतपूर्व र असाधारण छ ।तर विकासले मात्र जनतालाई सन्तुष्ट गर्न सक्दो रहेनछ । कहाँनेर के मिसिङ छ हामी सबैले आत्मसमीक्षा गर्नु जरुरी छ ।’

खासगरी शिक्षा, स्वास्थ्य, खानेपानी, समावेशीकरण, वातावरण संरक्षण र सामाजिक सुरक्षाको क्षेत्रमा महत्वपूर्ण उपलब्धि हासिल भएको बताएका छन।  केही क्षेत्रमा गुणात्मक परिवर्तन भए पनि उत्पादन र उत्पादकत्व वृद्धि, औद्योगिकीकरण र रोजगारी सिर्जनाका क्षेत्रमा चुनौतीको सामना गर्नु परिरहेको बताएका छन।

Gomama Infotech
Gomama Infotech
Gomama Infotech


Janahit Voice is now on the test...!



Leave a Reply

Your email address will not be published. Required fields are marked *