Home  
Janahit Voice

नेपालमा ४१ औं अन्तराष्ट्रिय नृत्य दिवस २०२३ मनाईदैं

१४ बैशाख २०८०, बिहीबार

सुमित्रा घिमिरे, काठमाण्डौं

यहि आउंदो बैशाख १६ गते शनिवार नेपाल सगींत तथा नाट्य प्रज्ञा प्रतिष्ठानको प्रागणमा ४१ औं अन्तराष्ट्रिय नृत्य दिवस २०२३ आयोजना हुन गईरहेको छ। ४१ औं अन्तराष्ट्रिय नृत्य दिवस २०२३ सगींत तथा नाट्य प्रज्ञा प्रतिष्ठान एवं नृत्य निर्देशक संघ नेपालको संयुक्त आयोजनामा हुनेछ।

कलाको रुपमा नृत्यको महत्त्व एंव उपयोगिताको सान्दर्भिकताको प्रबर्धन गर्न तथा नृत्यका विभिन्न विधाहरुलाई विश्वभर दिवसको रुपमा मनाउन हरेक वर्ष अप्रिल २९ तारीखमा अन्तराष्ट्रिय नृत्य दिवस मनाउने गरिन्छ।

वरिष्ठ नृत्य निर्देशक एवं नृत्य निर्देशक संघ नेपालको केंद्रीय उपाधक्ष्य प्रदिप मान श्रेष्ठ का अनुसार उक्त दिन फ्रान्सेली नर्तक र आधुनिक ब्याले मास्टर तथा सृष्टिकर्ता जिन जर्जेज नोभ्रेको जन्म जयन्ती समेत पर्दछ। नृत्यको फाईदा बारे प्रकाश पार्दै श्रेष्ठ अघि थप्छ्न “नृत्यले ब्यक्तिको कोर भ्यालु बलियो बनाउंछ र रिफ्लेक्सको प्राप्त गर्न मद्दत गर्दछ। नृत्यले शारीरिक स्थिरता बृद्धि गर्दछ भने शारीरिक तन्दुरुस्ती र सन्तुलन सुधार गर्न प्रभावकारी भूमिका निर्वाह गर्दछ। तनाव कम गर्न, सकारात्त्मक मुड बनाउन, बलियो एवं स्वस्थ मुटु निर्माण गर्न, तौललाई सन्तुलनमा राख्न एवं स्मरणशक्ति बृद्दि गर्न नृत्यले मद्दत गर्दछ। जुन कुराहरु व्यक्ति बिकासको क्रममा आवश्यक हुने गर्दछ। ”

नृत्य निर्देशक सघं नेपालका अधक्ष्य एवं वरिष्ठ नृत्य निर्देशक भुवन दास श्रेष्ठ हालै नेपालमा मनाउन लागिएको उक्त नृत्य दिवसले मौलिक एवं आधुनिक नेपाली नृत्यको परिचय विश्वभर पुर्याउन मद्दत गर्ने कुरा अवगत गराउंछ्न। नेपालको प्रादेशिक एवं भौगोलिक नृत्त्यहरु उक्त दिवसमा प्रस्तुत गरिने कुरा श्रेष्ठ बताउंछन।

बर्षेनी मनाईने गरिएको अन्तराष्ट्रिय नृत्य दिवसले नेपालमा राष्ट्रिय नृत्य दिवसको आवश्यकता महसुस गरिएको ले नै नृत्य निर्देशक संघ नेपाल, नेपालमा पनि राष्ट्रिय नृत्य दिवस आयोजनाको प्रबर्धन एवं विकासको निमित्त प्रयासरत रहेको कुरा नृत्य निर्देशक संघका केन्द्रीय महासचिव नृप ध्वज खत्री बताउंछन| नेपालमा पनि राष्ट्रिय नृत्य दिवस मनाउने परिपाटी बसाल्न राज्य एवं सम्बंधित निकायहरु सकारात्त्मक रहेको कुरा खत्री बताउंछन।

Gomama Infotech
Gomama Infotech
Gomama Infotech


Janahit Voice is now on the test...!



Leave a Reply

Your email address will not be published. Required fields are marked *