Home  
Janahit Voice

नविकरण नगरीएका निर्माण कम्पनिको इजाजत पत्र खारेज

१४ बैशाख २०८०, बिहीबार

सरकारले ३३ वटा निर्माण कम्पनीको इजाजत पत्र खारेज गरेको छ ।चैत मसान्तसम्म इजाजत पत्र नवीकरण गर्न मन्त्रालयले निर्देशन दिएको थियो ।  पटक पटक नवीकरण गर्न दिएको निर्देशनलाई बेवास्ता गरेपछि यी कम्पनीहरूको इजाजत पत्र खारेज गरेको हो ।   भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले बिहीबार सूचना प्रकाशित गर्दै निर्माण व्यवसाय ऐन, २०५५ को दफा ७ को उपदफा ३ बमोजिम नवीकरण नगर्ने कम्पनीको स्वतः इजाजत पत्र खारेज गरिएको जनाएको छ  ।

खारेज गरिएका निर्माण कम्पनीहरूमा १ वोटा ‘क’ र १ वोटा ‘ख’ बर्गको रहेको र बाँकी
३१ वटा‘ग’वर्गका छन् । चाल्नाखेलका राधाकृष्ण कार्की सञ्चालक रहेको टौदह कन्स्ट्रक्सन ‘ख’
वर्गको निर्माण कम्पनीको पनि इजाजत पत्र खारेज गरिएको मन्त्रालयले जनाएको छ । त्यस्तै काठमाडौँ महानगरपालिका–२४ का दीपक कुमार श्रेष्ठ र दिवस श्रेष्ठ प्रोप्राइटर-सञ्चालक रहेको
पृथ्वी नेपाल कन्स्ट्रक्सन कम्पनी प्रालि ‘क’ वर्गको निर्माण कम्पनी हो । ३१ वटा ‘ग’ वर्गका कम्पनीको इजाजत पत्र पनि खारेज गरिएको छ।

Gomama Infotech
Gomama Infotech
Gomama Infotech


Janahit Voice is now on the test...!



Leave a Reply

Your email address will not be published. Required fields are marked *