Home  
Janahit Voice

गुल्मिमा जिप दुर्घटना हुँदा १ घाइते १ मृत्यु

१४ बैशाख २०८०, बिहीबार

गुल्मीको मालिका गाउँपालिका -२ दर्लिङ्गको दुनाममा गए राती करिब ११ः४० बजे जिप दुर्घटना भएको छ । दर्लिङ्गदेखी बागलुङको भिमगिठे जाँदै गरेको लु १ च ९९११ को डबल क्याब जिप दुर्घटना भएको हो।  बागलुङको बडिगाड गाउँपालिका -९ बल्गास बस्ने १८ वर्षीय सह-चालक किशोर केसीको दुर्घटनामा परी घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ । सोही ठाउँका चालक २१ वर्षीय प्रेम केसी घाइते हुनुभएको छ ।

घाइते केसीको अवस्था मध्यम रहेकोले लुम्बिनी मेडिकल कलेज प्रभासमा उपचार भइरहेको जनाएको छ जिपको एक्कासि ब्रेक फेल भएर सडकभन्दा करिब १५० मिटर तल खसेको बताइएको छ ।
घटनाको अबस्था बारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Gomama Infotech
Gomama Infotech
Gomama Infotech


Janahit Voice is now on the test...!



Leave a Reply

Your email address will not be published. Required fields are marked *