Home  
Janahit Voice

रवि लामिछाने स्वर्णिम वाग्ले र उपेन्द्र यादवले आज सांसद पदको शपथ लिने

१५ बैशाख २०८०, शुक्रबार

नवनिर्वाचित सांसद रवि लामिछाने स्वर्णिम वाग्ले र उपेन्द्र यादवलेआज सांसद पदको शपथ लिने भएका छन्। वैशाख १० गते सम्पन्न उपनिर्वाचनबाट निर्वाचित तीन जनासदस्यहरुको बिहान साढे ११ बजे पद तथा गोपनीयताको शपथ हुन लागेको हो ।प्रतिनिधि सभा बैठकमा भाग लिनु अघि सांसदले शपथ ग्रहण गर्नुपर्ने व्यवस्था छ।

सभामुख देवराज घिमिरेले उनीहरुलाई पद तथा गोपनीयताको शपथ खुवाउँदै लोगो वितरण गर्नेछन् । उनीहरुलाई सभामुख देवराज घिमिरेले कानून समितिको हलमा पद तथा गोपनीयताको शपथ गराउने कार्यक्रम छ । उपनिर्वाचनमा बारा २ बाट उपेन्द्र यादव, चितवन २ बाट रवि लामिछाने र तनहुँ १ बाट स्वर्णिम वाग्ले निर्वाचित भएका थिए ।

Gomama Infotech
Gomama Infotech
Gomama Infotech


Janahit Voice is now on the test...!



Leave a Reply

Your email address will not be published. Required fields are marked *