Home  
Janahit Voice

अहिलेसम्मकै ठुलो शक्तिशाली रकेट पहिलो उडानमै विस्फोट

१५ बैशाख २०८०, शुक्रबार

इलोन मस्कको कम्पनीले निर्माण गरेको अहिलेसम्मकै ठुलो शक्तिशाली रकेट पहिलो उडानमै विस्फोट भएको छ।पहिलो उडान मानवरहित भएका कारण विष्फोटबाट कोही कसैलाइ पनि केहि क्षेती भएन।

रकेट स्थानीय समय अनुसार बिहीबार विहान टेक्ससको पूर्वी तटबाट उडेको थियो । अहिलेसम्मकै सबैभन्दा ठूलो सो रकेट उडान भएको दुईदेखि तीन मिनेटमा नियन्त्रण बाहिर गई टुक्रा टुक्रा भएर खस्न थालेको थियो ।

विश्वकै सबैभन्दा ठूलो रकेट बनाएका मस्कले आफ्नो कम्पनीले केही महिना पछि पुनः अर्को रकेट बनाउने बताएका छन् । स्पेटएक्सका इन्जिनियरहरु हिजो विष्फोट भएको मिसनलाई असफल मान्न तयार छैनन् ।उनीहरु प्रारम्भिक परीक्षण गर्न जहिले पनि मन पराउने र चिजहरु तोड्न डराउँदैनन् । पहिलो उडानका क्रममा संकलन भएको तथ्यांकले दोस्रो स्टारसिप उडान लिन तयार भएको इन्जिनियरहरुले बताएका छन् ।

स्पेसएक्स मालिक मस्कले ट्वीट गर्दै स्टारसिपको परीक्षण प्रक्षेपणका सहभागी टोलीलाई बधाई दिंदै अर्को प्रक्षेपणका लागि धेरै कुरा सिकिएको बताएका छ्न।

Gomama Infotech
Gomama Infotech
Gomama Infotech


Janahit Voice is now on the test...!



Leave a Reply

Your email address will not be published. Required fields are marked *