Home  
Janahit Voice

सय मिटर दौडमा आरुसी र सुजललाइ स्वर्ण

१५ बैशाख २०८०, शुक्रबार

लुम्बिनी प्रदेशका सुजल डाँगी र आरुषी भट्टराईले १३ औं केन्द्रस्तरीय राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता अन्तर्गत एथलेटिक्सको १ सय मिटर दौडमा शुक्रबार स्वर्ण जितेका छन् । सुजलले छात्र र आरुषीले छात्रामा स्वर्ण जितेका हुन् । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सुजलले निर्धारित दूरी ११.४ सेकेन्डमा पूरा गरेका छ्न भने आरुषीले निर्धारित दूरी तय गर्न १३.७ सेकेन्ड समय लाएकी छिन।

मधेश प्रदेशका आदेश यादवले रजत तथा कर्णाली प्रदेशका सुशिल वलीले कांस्य जिते ।  बागमतीका दिना गोपालीले रजत तथा स्वागता खाइजुले कांस्य हात पारे । छात्र १५ सय मिटर दौड चार मिनेट २२.८ सेकेन्डमा सकाउदै लुम्बिनीका विकास विकले शीर्ष स्थान हात पारेका छन ।गण्डकीका बादल कार्की दोश्रो तथा सुदूरपश्चिम प्रदेशका अमित आउजी तेश्रो भए । उक्त स्पर्धाको छात्रामा गण्डकीकी नारायणी भण्डारीले पाँच मिनेट १५.४ सेकेन्डमा दौड पूरा गर्दै पहिलो भईन । लुम्बिनीकी मोतीकला डाँगी दोश्रो तथा कोशी प्रदेशकी निला जिमी तेश्रो भईन ।

यसैगरी छात्र हाइजम्पमा बागमतीका नवीन खत्री पहिलो भए ।उनले १.६८ मिटर उचाईं नागेका छ्न। । गण्डकीका मनीष जिसी तथा कोशीका सागर यादव संयुक्त रुपमा दोश्रो स्थानमा भएका छ्न।।तीन दिने प्रतियोगितामा सात प्रदेशका १ सय ५४ खेलाडीले विभिन्न २६ स्पर्धामा प्रतिस्पर्धा गरिरहेका छन् ।

Gomama Infotech
Gomama Infotech
Gomama Infotech


Janahit Voice is now on the test...!



Leave a Reply

Your email address will not be published. Required fields are marked *