Home  
Janahit Voice

कुनैपनि ठाउँमा वाह्य बिज्ञापन गर्न नपाइने

१५ बैशाख २०८०, शुक्रबार

काठमाडौँ महानगरपालिकाका कुनै पनि ठाउँमा बाह्य विज्ञापन गर्न नपाइनेभएको छ ।
काठमाडौँ महानगरपालिका वाह्य विज्ञापन नियमन निर्देशिका — २०७९’ मा यस सम्बन्धी व्यवस्था रहको स्मरण गराउँदै महानगरपालिकाले विज्ञापन नगर्न सचेत गराएको हो ।

सर्वसाधारणको सुरक्षा, सहरी सुन्दरता, सडक पेटी वा सार्वजनिक प्रयोगका संरचना, विद्युत तथा टेलिफोनका खम्बा, सवारी आवागमनमा असर हुने कुनै पनि ठाउँमा वाह्य बिज्ञापन गर्न रोक लगाइएको महानगरले जनाएको छ ।

कानुन तथा निर्देशिकाको प्रतिकुल हुने बिज्ञापन सामग्रीलाई न्यायिक समितिले १ लाख रुपैयाँसम्म जरिवाना गर्न सक्ने व्यवस्था निर्देशिकाले गरेको छ । महानगर क्षेत्रभित्र बिज्ञापन गर्ने प्रयोजनका लागि कुनै पनि स्थानमा द्वार तथा स्टल निर्माण गर्ने, स्टिकर टाँस्ने, वाल पेन्टिङ्, पोष्टरिङ्, पम्प्लेटिङ्, पर्चा वितरण, व्यानर टाँस्ने माध्यमलाई अनुमति नदिइने महानगरपालिकाले जनाएको छ ।

Gomama Infotech
Gomama Infotech
Gomama Infotech


Janahit Voice is now on the test...!



Leave a Reply

Your email address will not be published. Required fields are marked *