Home  
Janahit Voice

सिन्धुलीमा कार दुर्घटना २ जनाको मृत्यु

१७ बैशाख २०८०, आईतवार

सिन्धुली — बीपी राजमार्गअन्तर्गत कमलामाई नगरपालिका–२ को पिपलभन्ज्याङ घुम्तीमा आइतबार बिहान भएको कार दुर्घटनामा परी दुई जनाको ज्यान गएको छ भने एक जना घाइते भएका छन।

काठमाडौंबाट सिन्धुली आउँदै गरेको बा ८ च ९१३५ नम्बरको कार सडकबाट अन्दाजी ३० मिटर तल खसेर दुर्घटना हुँदा झापाको सुरुङ्गा-४ का ४३ वर्षीय कुमार पुरी र सिन्धुलीको मरिण गाउँपालिका ३ ठेगाना भई हाल काठमाडौं गौरीघाटकी ३८ वर्षीय सहारा पर्साईंको मृत्यु भएको सिन्धुली प्रहरी प्रमुख एसपी राजकुमार सिलवालले जानकारी दिएका छ्न।

दुर्घटना परी घाइते भएका प्यूठानका योगेन्द्र थापाको सिन्धुली अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

Gomama Infotech
Gomama Infotech
Gomama Infotech


Janahit Voice is now on the test...!



Leave a Reply

Your email address will not be published. Required fields are marked *