Home  
Janahit Voice

ओलीजीले भन्नुभयो-औपचारिक बैठक राखे, त्यो नै फुट घोषणाको बिन्दु हुनेछ : प्रचण्ड

२२ कार्तिक २०७७, शनिबार

सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी नेकपाका कार्यकारी अध्यक्षसहित पाँच जना सचिवालय सदस्य शुक्रबार धुम्बाराहीमा बैठक बसे।

अध्यक्ष प्रचण्डले बोलाएको उक्त बैठकमा अर्का अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओली र उनीनिकट सचिवालय सदस्यहरू सहभागी भएनन्।

झलनाथ खनाल, माधव नेपाल, उपाध्यक्ष वामदेव गौतम, नारायणकाजी श्रेष्ठ सहभागी अनौपचारिक बैठकमा प्रचण्डले अर्का अध्यक्ष ओलीसँग भएको छलफलबारे ब्रिफिङ गरेका थिए।

‘औपचारिक बैठक बस्नुभयो भने त्यो नै फुटको घोषणाको बिन्दु हुनेछ भनेर प्रधानमन्त्री ओलीले भन्नु भएको अध्यक्ष प्रचण्डले बैठकमा जानकारी गराउनुभयो,’ बैठकपछि प्रवक्तासमेत रहेका सचिवालय सदस्य नारायणकाजी श्रेष्ठले पत्रकारहरूसँग भने।

Gomama Infotech
Gomama Infotech
Gomama Infotech


Janahit Voice is now on the test...!



Leave a Reply

Your email address will not be published. Required fields are marked *