Home  
Janahit Voice

मायालाई मजाक बनाइएको भन्दै अर्को एक सुन्दर जीवनको आहुति- नर्सले गरिन डाक्टरको घरमा आत्महत्या

१७ बैशाख २०८०, आईतवार

सुमित्रा घिमिरे, काठमाण्डौं

माया प्राप्ती मात्र होईन आहुति पनि हो तर आहुति आफ्नै जीवनको नभई आफ्नो खुसीको पनि हो। समाजमा त्यसता उदाहरणहरु बग्रेल्ति छन जो प्रेम विवाह पश्चातको ६ महिना भित्र एक अर्काको श्वास समेत गन्हाउने गर्ने गरेको घटना। दरवार मार्गको देखि धुम्वाराहीको पेट्रोल छर्कि माया कै नाममा मृत्यु वरण गरेको घटना सेलाउन नपाउंदै पून माया कै नाममा अर्को घटना घटेको छ। मायालाई कसैले मजाक बनाए वा बनाएनन त्यो निर्क्योल गर्ने अधिकार प्राणको आहुति दिएर होईन लडेर लिनु पर्छ।

लामो समय प्रेम सम्बन्धबाट बिहेमा परिणत हुन नसकेपछि एक युवतीले युवककै घरमा पुगेर आत्महत्या गरेकी छिन् । केटा पक्षको परिवारले विवाह गर्न अस्वीकार गरेको भन्दै शनिवार नर्स ३४ वर्षीय अनुमा श्रेष्ठले  केटाकै घरमा गएर आत्महत्या गरेकी हुन ।

अनुमा श्रेष्ठले आत्महत्या गरिसकेको अवस्थामा बोहोराटारस्थित प्रेमी सुजन ढकालको घरमा शव भेटिएको हो । शनिवार अपराह्न ३ः५२ बजे अनुमाले आत्महत्या गरिसकेको अवस्थामा सुजनका परिवारले प्रहरीलाई खबर गरेपछि प्रहरी घटनास्थलमा पुगेको थियो ।मृतक अनुपाको परिवार नारायणगडमा रहेकाले आउन ढिलाइ भएको कारण शनिबार राती मात्र मुचुल्का तयार पारी शव उठाइएको थियो।जानकारीमा आएअनुसार प्रेमी सुजन ढकाल र उनका बुवाले विवाह गर्न अस्वीकार गरेपछि शनिवार दिउँसो प्रेमीकै घरमा पुगेर अनुमाले आत्महत्या गरेकी थिइन् ।

पेशाले अनुमा स्टाफ नर्स हुन् भने उनका प्रेमी भनिएका सुजन ढकाल डाक्टर हुन् ।अनुमा वीर अस्पतालमा काम गर्थिन् भने सुजन कान्ति बाल अस्पतालमा काम गर्थे ।जानकारीमा आएअनुसार सुजनको घर बालाजु बोहोराटारमा रहेको रअनुमाको सोह्रखुट्टेमा कोठा रहेको बताइएको छ। अनुमा बेलाबेलामा सुजनकै घरमा समेत गएर बस्ने गरेकी र उनले विवाहका लागि पटकपटक आग्रह गर्दा पनि केटापक्षले नमानेपछि अनुमाले शनिबार आत्महत्या गरेकी बताइएको छ।अनुमाले आत्महत्या गरेकै स्थानबाट एउटा डायरी बरामद भएको छ । बरामद भएको डायरीमा अनुमाले आफ्नो जीवन भोगाई, प्रेमसम्बन्ध, विवाहका लागि भएको प्रयास र केटा पक्षको परिवारले गरेको अस्वीकार लगायतको विषयमा उल्लेख गरेकी छिन् ।

अनुमाले यसअघि पनि आत्महत्याको प्रयास गरेको बताइएको छ। यसअघि गत वर्षको वैशाख र गत साउनमा पनि आत्महत्याको प्रयास गरेको तर त्यतिबेला बचाउन सकिए पनि यसपटक भने अनुमाले प्रेमी सुजन ढकालकै घरमा पुगेर आत्महत्या गरिसकेको अवस्थामा भेटिएको बताइएको छ । सुसाइडल नोटमा अनुमाले ‘मायालाई मजाक बनाइएको’ भन्दै बिदा हुने कुरा उल्लेख गरेकी छिन् । अनुमाले प्रेमी सुजन ढकालकै घरमा गएर आत्महत्या गरेको समयमा प्रेमी सुजन ढकाल भने धरानमा रहेको बताइएको छ ।प्रहरीले भने यस विषयमा अनुसन्धान भइरहेको बताएको छ ।

 

Gomama Infotech
Gomama Infotech
Gomama Infotech


Janahit Voice is now on the test...!



Leave a Reply

Your email address will not be published. Required fields are marked *