Home  
Janahit Voice

विद्यालयको नाम र लोगो सम्बन्धि नियम पालना गर्न सवै विद्यालयहरुलाइ वालेनको आग्रह

१७ बैशाख २०८०, आईतवार

काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले शिक्षा व्यवस्थापन नियमावली, २०७४ अनुुसार विद्यालयको चिह्न (लोगो) र नाम राख्न आग्रह गर्दै अन्यथा कानुनी कारबाही गर्ने चेतावनी समेत उनले दिएका छन् ।काठमाडौं महानगरपालिका शिक्षा व्यवस्थापन नियमावली २०७४ को नियम ६९ र ७० तथा नियम ७० को उपनियम १ र २ ले विद्यालयको मौलिक नेपाली नाम राख्न र विद्यालयको चिह्न (लोगो)मा एकरुपता ल्याउने सम्बन्धी व्यवस्था गरेको छ । कतिपय विद्यालयले नियम पालना नगरेको भन्दै बालेनले आइतबार बिहान सामाजिक सन्जालमार्फत् नियम पालना गर्न आग्रह गरेका छन।

काठमाडौं महानगरपालिका विद्यालय शिक्षा व्यवस्थापन नियमावली, २०७४ को नियम ६९ मा विद्यालयको चिह्न षट्कोणको हुने र विद्यालय व्यवस्थापन समितिले निर्णय गरी सो षट्कोणको बीचमा आफ्नो विद्यालयको छुट्टै चिह्न राख्न सक्ने उल्लेख छ ।यसैगरी नियम ७० को उपनियम १ मा विद्यालयको नाम राख्दा समाज तथा राष्ट्रकै लागि उल्लेखनीय योगदान गर्ने वा ऐतिहासिक व्यक्ति, देवी देवता, तीर्थस्थल वा प्राकृतिक सम्पदा आदिको नामबाट नेपालीपन झल्कने गरी नामकरण गर्नुपर्ने उल्लेख छ ।
तर यो नियम प्रारम्भ हुनुभन्दा अगाबै यस नियम विपरीत नामकरण भैसकेका विद्यालयको हकमा यो नियम जारी भएपछिको दोस्रो शैक्षिक सत्रको सुरुदेखि नै लागू हुनेगरी पुनः नामकरण गर्न चाहेमा महानगरपालिकाबाट स्वीकृति लिनुपर्ने छ ।

नियम ७० को उपनियम २ मा कुनै संस्थागत विद्यालयले आफ्नो नाममा पब्लिक शब्द जोड्न चाहेमा कम्तीमा एक तिहाइ विद्यार्थी पूर्ण छात्रवृत्तिमा अध्ययनरत रहेको हुनुपर्नेछ र कुनै संस्थागत विद्यालयले आफ्नो नाममा नेसनल शब्द जोड्न चाहेमा नेपालको कम्तीमा २५ जिल्लाका विद्यार्थी अध्ययनरत रहेको हुनुपर्ने व्यवस्था छ । कुनै संस्थागत विद्यालयले आफ्नो नाममा इन्टरनेसनल शब्द जोड्न चाहेमा कम्तीमा एक तिहाइ संख्यामा विदेशी विद्यार्थी हुनुपर्ने व्यवस्था छ । विद्यालयको नामको अन्तमा विद्यालय, स्कुल वा पाठशाला शब्द जोडिएको हुनुपर्नेछ । उपनियम लागू हुनु अगावै यस नियम
विपरीतका शव्दहरू जोडेर नामकरण भैसकेका विद्यालयको हकमा यो नियमावली जारी भएपछिको दोस्रो शैक्षिक-सत्रको सुरुदेखि नै लागू हुने गरी उपर्युक्त व्यवस्था पालना गर्न वा पुनः नामकरण गर्नुपर्ने व्यवस्थाको मेयर बालेनले स्मरण गराएका छन् ।

Gomama Infotech
Gomama Infotech
Gomama Infotech


Janahit Voice is now on the test...!



Leave a Reply

Your email address will not be published. Required fields are marked *