Home  
Janahit Voice

कोरोना संक्रमणको परीक्षण : के एन्टिजेन किट पिसिआरको विकल्प बन्न सक्छ ?

२२ कार्तिक २०७७, शनिबार

देशभर कोरोना संक्रमण बढेसँगै परीक्षण गर्ने पिसिआर प्रविधि सबैतिर सहज र सर्वसुलभ छैन । यस्तो बेला छिटो र सस्तो रुपमा परीक्षणका लागि एन्टीजेन किट भरपर्दो भएको विज्ञहरुले बताएका छन् ।

एन्टीजेन किट कोरोना संक्रमण परीक्षणका लागि पिसिआरको विकल्पको रुपमा रहेको जनस्वास्थ्यविद् डा. समीरमणि दीक्षित बताउँछन् । यो पुरानो एन्टीबडी र्‍यापिडभन्दा फरक रहेको उनले बताए ।  भाइरसमा रहेको प्रोटिनको पहिचान गर्ने काम यो प्रविधिमा हुन्छ  । उनले भने– ‘पिसिआरले भाइरस भित्रको धागो पहिचान गर्छ भने यसले भाइरसको सतहमा रहेको प्रोटिनहरुलाई पहिचान गर्छ । पिसिआरले भाइरसको आरएनए पहिचान गर्छ भने आरडिटी एन्टीजेनले भाइरसको खोलको प्रोटिनलाई पहिचान गर्छ ।’

देशभर नै कोरोना संक्रमण फैलिएको अहिले संकटपूर्ण अवस्थामा पिसिआर विधिबाट मात्र परीक्षण गर्न सम्भव हुने अवस्था छैन । यस्तो बेला सस्तो, सजिलो र भरपर्दो माध्यम एन्टीजेन किट हुनसक्ने औषधीजन्य उपकरणका जानकार सविन श्रेष्ठ बताउँछन् ।

उनले भने–‘यो विधिले संसारभर मान्यता प्राप्त गरिसकेको छ । हाल अमेरिका, दक्षिण कोरिया, जापान, भारत लगायतका देशहरुमा प्रयोग भइरहेको छ । नेपालमा पनि यसको प्रयोग बढाउने हो भने तुरुन्तै नतिजा थाहा पाएर बिरामीको उपचार थाल्न सकिन्छ ।’

सर्वोच्च अदालतले ‘कोरोना परीक्षणको शुल्क नलिनु’ भनेर आदेश दिएपनि सरकारी परीक्षण केन्द्रमा न्यूनतम २ हजार र निजी प्रयोगशालाहरुले ४ हजारसम्म शुल्क लिइरहेका छन् ।

पिसिआर महंगो भएकोले आम नागरिकमा पुग्न सकेको छैन । एकपटक मात्र परीक्षण गरेर नपुग्ने र शंका लाग्नासाथ फेरि अर्को हप्तामा गर्नुपर्ने हुन्छ । यस्तो बेला समय पनि लाग्ने, पैसा पनि लाग्ने हुन्छ । तुलनात्मक रुपमा पिसिआर परीक्षणको छिटो नतिजा निकाल्ने निजी प्रयोगशालाले कम्तिमा पनि ६ घण्टासम्म लगाउने गरेका छन् । सरकारी अस्पतालहरुले बढ्दो चापका कारण २ हप्तासम्म पनि लगाउने गरेका छन् । बढ्दो संक्रमणदर, सिमित पिसिआर ल्याव भएको बेला अहिले विकल्पको रुपमा एन्टीजेन किट प्रयोग बढाउनेबारे चर्चा सुरु भएको छ ।

Gomama Infotech
Gomama Infotech
Gomama Infotech


Janahit Voice is now on the test...!



Leave a Reply

Your email address will not be published. Required fields are marked *