Home  
Janahit Voice

नेपालमा आज १३४ औं अन्तराष्ट्रिय मजदुर दिवस मनाईदैं

१८ बैशाख २०८०, सोमबार

सम्पादकिय
फोटो सौजन्य: चिराग थापा, unsplash

८ घण्टा काम, ८ घण्टा आराम र ८ घण्टा मनोरञ्जनको समयको माग गर्दै अमेरिकाको सिकागो शहर र युरोपका मजदुरहरुले गरेको संघर्षको स्मरण गर्दै आज मे १ तारिखका दिन विश्वभर अन्तर्राष्ट्रिय मजदुर दिवश मनाउने गरिन्छ । सन् १८९० देखि यो दिवश विश्वभर मनाउन थालिएको हो । मजदुरहरुले ठूलो संघर्ष गरेर अधिकार प्राप्त गरेको दिनको सम्झना स्वरुप अन्तर्राष्ट्रिय मजदुर दिवश हरेक वर्ष मनाउने गरिएको हो । नेपालमा पनि आज विभिन्न, सभा-भेला, रयाली कार्यक्रम सहित विभिन्न संघ संस्थाहरुले १३४ औं अन्तराष्ट्रिय मजदुर दिवस मनाउने छन।

नेपालमा १९६३ देखि मजदुर दिवस मनाउन थालिएको हो भने वि सं २०६४ सालबाट मात्र आधिकारीक रुपमा मजदुर दिवसको दिन सार्वजनिक विदा दिन शुरु गरिएको हो । मे दिवसको यो उत्सवले विश्वभर एक ऎतिहासिक महत्व बोकेको छ, विश्वभरका श्रमिक युनियनहरु द्वारा मनाईने यस मे दिवस नेपालमा पनि राष्ट्रिय पर्व झैं मनाउने गरिन्छ। विभिन्न जुलुस, प्रदर्शन, भाषण, विरोध जुलुस र परेडहरु संगठित कामदारहरु र मजदुर युनियन इत्यादिद्वारा आयोजित गरिने गरिन्छ। नेपाली कांग्रेस र सत्तारुढ नेपाल कम्युनिष्ट पार्टीको हालसम्म सबै भन्दा ठुलो ट्रेड युनियन संगठन रहेको छ। २००७ बि.स. अर्थात सन, १९५० मा प्रजातन्त्रको स्थापना भएपछि मात्र नेपालले मे दिवस मनाउन थालेको हो। नेपालमा २०४६ सालको पछिको परिवर्तन ल्याउनमा नेपालका संगठित ट्रेड युनियनहरुको घण्टाघरको सभा देखि खुलामंचको भेला आदिले पनि महत्वपूर्ण भुमिका खेलेको थियो। यो नेपाल सरकार, गैरनाफामुखी संस्था, ट्रेड युनियन तथा निजी क्षेत्र लगायतको संयुक्त समन्वयमा यो दिवस मनाईन्छ।

Gomama Infotech
Gomama Infotech
Gomama Infotech


Janahit Voice is now on the test...!



Leave a Reply

Your email address will not be published. Required fields are marked *