Home  
Janahit Voice

प्रदेशको नाम कोशी खारेजको माग गर्दै आन्दोलनरत पहिचानवादी

१८ बैशाख २०८०, सोमबार

विराटनगर । प्रदेशको नाम कोशी राखेसँगै सोही दिनबाट सुरु भएको आन्दोलन अझै रोकिएको छैन । प्रदेशको नाम कोशी खारेजको माग गर्दै आन्दोलनरत पहिचानवादीले कोशी प्रदेशमै आएको बेला नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीमाथि लगातार आक्रमण र अवरोधको प्रयास गरे । चार दिन लामो कोशी प्रदेशको बसाई एमाले अध्यक्ष केपी शर्मा ओलीका लागि त्यति सुखद रहेन । बरु, प्रदेशको नाम कोशी खारेजको माग राखेर उनै ओलीमाथि भएको आक्रमणले केन्द्रमा बहस सिर्जना ग¥यो । ठूला पार्टीबीच आरोप प्रत्यारोप भयो । सामाजिक संजालमा पहिचानवादीको आन्दोलन कसले गरेको वा कसले भड्काएको भन्नेसम्मका आरोप र खोजविन भयो ।

 

Gomama Infotech
Gomama Infotech
Gomama Infotech


Janahit Voice is now on the test...!



Leave a Reply

Your email address will not be published. Required fields are marked *