Home  
Janahit Voice

किन झर्छ केश ?

१८ बैशाख २०८०, सोमबार

हरेक दिन हाम्रो केश झर्छ। यो स्वाभाविकै हो। दिनमा सयवटासम्म केश झर्नुलाई सामान्य मानिन्छ । पछिल्लो समय केश झर्ने समस्या बढी नै देखिने गरेको छ दिनमा सयवटासम्म केश झर्नुलाई सामान्य मानिन्छ । पछिल्लो समय केश झर्ने समस्या बढी नै देखिने गरेको छ।

यो समस्या बढ्दै गए कम उमेरमै तालुपना देखिन सक्छ । केश झर्ने धेरै कारण हुन सक्छन् । महिलाहरूमा महिनावारीको समयमा,थाइराइड र तनावलगायतका कारणले केश झर्छ । गर्भवती, सुत्केरी र स्तनपान गराउने महिलामा पनि केश झर्ने समस्या हुन्छ।पोषकतत्वको कमी, हर्मोनल औषधिको प्रयोग वा अन्य औषधिको सेवन र विभिन्न रोगका कारण पनि यो समस्या देखिन्छ । केशको
नियमित र सही किसिमले हेरचाह नगर्दा पनि केश झर्ने समस्या आउँछ । तर, औषधिको सेवनबाट यो समस्या निको हुनसक्छ।

केशको हेरचार गर्ने तरिका
स्याम्पु गर्दा केशलाई धेरै रगड्नु हुँदैन । यसले केश बिग्रने खतरा बढ्छ । स्याम्पु गर्दा जरामा लगाएर विस्तारै मसाज गर्नुपर्छ । त्यसपछि पानीले आफै पखालिन दिनुपर्छ ।हरेक पटक स्याम्पु गर्दा कन्डिसनरको प्रयोग गर्नु हुँदैन। धेरै कन्डिसनरको प्रयोगले केश टुक्रिने, रुखो हुने हुन्छ। दैनिक केश नुहाउनु हुँदैन । स्विमिङ गर्दा पुलको केमिकलले केशलाई कडा बनाउन सक्छ । यसका लागि स्विमिङ क्यापको प्रयोग गर्नुपर्छ ।स्विमिङपछि स्याम्पु लगाएर केश राम्रोसँग पखाल्नुपर्छ। – चिसो केशमा तौलियाले रगडेर पुछ्नु हुँदैन । यसले केश झर्न सक्छ ।सकेसम्म केशलाई आफै सुक्न दिनुपर्छ । हतार भएको समयमा कम तापक्रममा हेयर ड्रायरकोसहायताले सुकाउन सकिन्छ । तर धेरै प्रयोग गर्नु हुँदैन।- चिसो केश कोर्नु हुँदैन । सिल्की केश छ भने पूरै केश सुक्न दिएपछि मात्र ठूलो दाँत भएको काइँयोले कोर्नुपर्छ तर कर्ली वा बाङ्गो केश छ भने चिसोमा कोर्नुपर्छ ।

केशलाई धेरै कसिलो गरी बाँध्नुहुँदैन । यसले केश झर्न, टुक्रिन सक्छ । सकेसम्म केशलाई रंग्याउने, स्ट्रेट वा कर्ली गर्ने गर्नुहुँदैन । यसले केशलाई ड्यामेज गराउँछ । केश झर्ने, टुक्रिने पनि यसकै कारण हुनसक्छ । बाहिर निस्कँदा क्याप वा ह्याटको प्रयोग गर्नुपर्छ । केश सजाउन विभिन्न प्रकारका गह्रौं र मेटलका सजावटी सामग्रीको प्रयोगले केश बिगार्न सक्छ ।केश धेरै कोर्नु राम्रो हुन्छ भन्ने कुरा गलत हो, त्यसैले केश धेरै कोर्नुहुँदैन । यी सबै नियमको पालना गर्दा पनि केश झर्न रोकिएन भने तुरुन्तै चिकित्सकको सम्पर्कमा जानुपर्छ।

Gomama Infotech
Gomama Infotech
Gomama Infotech


Janahit Voice is now on the test...!



Leave a Reply

Your email address will not be published. Required fields are marked *