Home  
Janahit Voice

रास्वपाको केन्द्रीय समिति बैठक बस्दै

१८ बैशाख २०८०, सोमबार

राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय समितिको बैठक सुरू भएको छ। पार्टी कार्यालय बसुन्धरामा सुरू भएको बैठकमा सरकारलाई दिएको उपनिर्वाचनमा चितवन २ र तनहुँ १ मा शानदार मतसहित विजयी भएपछि रास्वपामा सरकारलाई दिएको समर्थन फिर्ता लिएर संगठन निर्माणमा लाग्न दबाब आएको छ।।समर्थनबारे छलफल गर्ने कार्यसूची छ।

उपनिर्वाचनपछि पहिलोपटक रास्वपाको केन्द्रीय समिति बैठक बसेको हो ।बैठकमा पार्टी सभापति रवि लामिछानेलाई दलको नेता चयन गर्नुका साथै सरकारमा जाने/नजाने विषयमा छलफल हुने बताइएको छ  । केन्द्रीय समिति  बैठकमा सभापति ज्यूलाई दलको नेता चयन गर्ने र सरकारको विषयमा छलफल हुने भएको छ।त्यसपछि संसदीय दलको बैठक बसेर दलको नेता चयन र सरकारका विषयमा निर्णय हुन्छ ।

बैठकमा ४० जना केन्द्रीय सदस्यलाई पार्टी निर्माण र सरकारका विषयमा धारणा राख्न दिने तयारी गरिएको छ । बैठकले सरकारमा जाने/नजाने विषयमा स्पष्ट बुझिने गरी निर्णय गर्ने  र  सरकारमा गए किन जाने ?यदि नगएमा किन नजाने ? भन्ने विषयमा पनि स्पष्ट गराउने तयारी गरिएको छ

Gomama Infotech
Gomama Infotech
Gomama Infotech


Janahit Voice is now on the test...!



Leave a Reply

Your email address will not be published. Required fields are marked *