Home  
Janahit Voice

डाटा रिकभरीको प्रयासमा लोकसेवा

१८ बैशाख २०८०, सोमबार

लोक सेवा आयोगको अनलाइन प्रणाली अवरूद्ध भएकोले डाटा रिकभरीको प्रयासमा लोकसेवा नयाँ परीक्षा कार्यक्रम प्रकाशन गरिने तयारीमा छ। गत फागुन २३ गतेदेखि नै ‘जिआइडिटी स्टोरेज’ प्रणालीमा देखिएको समस्याले गर्दा आयोगको अनलाइन प्रणाली अवरूद्ध भएको छ। दुई महिनादेखि अनलाइन प्रणालीमा समस्या आए पनि आयोगले आइतबार मात्रै यसबारे सार्वजनिक गरेको छ।

आयोगले प्रशासनिक तथा व्यवस्थापकीय कार्यहरू २०७१ देखि पिएसआरएमएस अनलाइन प्रणालीबाट सरकारी एकीकृत डाटा सेन्टर जिआइडिसीको पूर्वाधारमा होष्ट गरी सञ्चालन गर्दै आएको थियो।यस प्रणालीबाट आयोगका कार्यसम्पादन प्रभावकारी बन्नुका साथै उम्मेदवारहरूको दरखास्त पेश गर्ने, परीक्षा दस्तुर तिर्ने र प्रवेश पत्र प्रिन्ट गर्नेलगायतका सेवा सहज रूपमा हुँदै आएका थिए। तर फागुनदेखि यो अनलाइन प्रणालीमा समस्या आएको थियो।आयोगले २०७९ मंसिरमा प्रकाशित रा.प. तृतीय श्रेणी (अप्राविधिक) शाखा अधिकृत वा सो सरहको पदमा विज्ञापन गरेको थियो।

पुस महिनामा रा.प. अनं. प्रथम श्रेणी अप्राविधिक नायव सुब्बा वा सो सरह पदको विज्ञापन र माघमा प्रकाशित रा.प. अनं. प्रथम श्रेणी (प्राविधिक) नायब सुब्बा वा सो सरह र स्वास्थ्य सेवातर्फ पाँचौं तहको पदको विज्ञापनमा पेश भएका दरखास्तसम्बन्धी विवरणमा आयोगले पहुँच पाउन सकेको छैन।‘डाटा रिकभरीको प्रयास जारी रहेको भएता पनि राष्ट्रिय सूचना केन्द्रबाट कहिलेसम्ममा के कति डाटा रिकभर हुन्छ भन्ने यकिन नभएको जानकारी आयोगलाई प्राप्त हुन आएकोले यस विषयलाई गम्भीरतापूर्वक लिनुपर्ने बताइएको छ।पूर्वप्रकाशित विज्ञापनमा आवेदकहरूले दरखास्त दस्तुर तिरेको विवरण आयोगसँग सुरक्षित छ।

यसअघि नै दरखास्त दस्तुर तिरिसकेका उम्मेदवारहरूलाई मात्र उचित समय दिएर थप दस्तुर तिर्न नपर्ने गरी आयोगले पुन: दरखास्त दिन आह्वान गर्ने तयारी गरिरहेको छ।

 

Gomama Infotech
Gomama Infotech
Gomama Infotech


Janahit Voice is now on the test...!



Leave a Reply

Your email address will not be published. Required fields are marked *