Home  
Janahit Voice

महावीर पुनका माग पूरा गर्न सरकार तयार : प्रचण्ड

१८ बैशाख २०८०, सोमबार

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक महावीर पुनका माग पूरा गर्न सरकार तयार रहेको बताएका छ्न। सोमबार प्रेस सेन्टर नेपाल चितवनले आयोजना गरेको पत्रकार सम्मेलनमा महावीर पुनले आफूसँग केही माग राखेको र ती माग पूरा गर्न सरकार तयार रहेको
बताउनुभयो।‘‘महावीर पुन माइतीघर मण्डलामा बस्ने अघिल्लो दिन बालुवाटार आउनुभएको थियो। राम्रो कुराकानी भयो। केही माग गर्नुभएको छ।

सरकारसँग कुरा भएपछि उहाँ आन्दोलनमा बस्नुभएको हो। सरकार उहाँका माग सम्बोधन गर्न तयार  रहेको बताएका छ्न। प्रचण्डले महावीर पुनको मागलाई आगामी बजेटबाट सम्बोधन गर्ने प्रतिबद्धता व्यक्त गरेपनि उनी माइतीघरमा बसेको बताए। उहाँले सरकारले महावीर पुनलाई वास्ता गरेन भन्नु गलत भएको बताएका छ्न। प्रचण्डले पूर्व लडाकुलाई रकम दिने विषय २०७१ सालको सरकारले निर्णय गरेको बताएका छ्न।

तत्कालीन समयमा अर्थमन्त्री विष्णु पौडेल रहेको र कांग्रेस एवम् एमाले सरकार रहँदा छलफल भएर टुङ्गिएको विषय भएको बताए। तत्कालीन समयमा सर्वोच्च अदालतमा मुद्दा परेका कारण रोकिएको र अहिले दिन मिल्नेगरी फैसला भएकाले रकम दिन लागिएको बताएका छ्न।आर्थिक समस्याका कारण लडाकुलाई किस्ताबन्दीमा रकम दिने विषयमा छलफल भइरहेको  बताएका छ्न।

Gomama Infotech
Gomama Infotech
Gomama Infotech


Janahit Voice is now on the test...!



Leave a Reply

Your email address will not be published. Required fields are marked *