Home  
Janahit Voice

नक्कली भुटानी शरणार्थी बनाएएको आरोपमा वादलका सल्लाहकार राइ पक्राउ

१९ बैशाख २०८०, मंगलवार

नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाएको ठगी धन्दामा संलग्न रहेको भन्दै‘बादल’ का सल्लाहकार इन्द्रजित राईलाइ प्रहरीले पक्राउ गरेको छ।

जानकारीमा आएअनुसार  राईलाई सादा पोशाकमा रहेको प्रहरी टोलीले मंगलबार बिहान ललितपुरको सुनाकोठीबाट पक्राउ गरेको हो। काठमाडौं प्रहरीको टोलीले ललितपुर प्रहरीसँग समन्वय गरेर
उनलाई पक्राउ गरेको हो।।नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने ठगी धन्दामा राईको पनि संलग्नता देखिएकाले उनलाई पक्राउ गरिएको बताइएको छ।उनीविरुद्ध सरकारी वकिलको कार्यालयबाट वारेन्ट जारी भएको थियो ।

प्रहरीका अनुसार उनीहरूले विभिन्न प्रलोभन देखाएर र विश्वासमा पारेर ५० जनाभन्दा
बढी मानिसबाट ३ करोड २४ लाख रुपैयाँ ठगी गरेको आरोप छ।नेकपा एमालेको उपाध्यक्ष समेत रहेका रामबहादुर थापा (बादल) गृहमन्त्री हुँदा राई सल्लाहकारमा नियुक्त भएका थिए ।राई द्वन्द्वको विज्ञ भनेर पनि चिनिन्छन् ।

 

Gomama Infotech
Gomama Infotech
Gomama Infotech


Janahit Voice is now on the test...!



Leave a Reply

Your email address will not be published. Required fields are marked *