Home  
Janahit Voice

जनयुद्धका सहिद परिवारलाई पक्की घर हस्तान्तरण

१९ बैशाख २०८०, मंगलवार

सर्लाही जिल्लाका एकजना जनयुद्धकालीन सहिदको परिवारका लागि घर बनाइदिएको छ। १० वर्षे जनयुद्धका क्रममा ज्यान गुमाएका सहिद इन्द्र कोइरालाको परिवारका निम्ति दाताहरुबाट सहयोग संकलन गरेर माओवादी केन्द्र जिल्ला कमिटीले घर बनाइदिएको हो।

बागमती नगरपालिका-१२ नयाँ बस्ती बथनियामा निर्मित घर शनिबार साँझ माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष एवं उप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले सहिद कोइरालाको परिवारलाई हस्तान्तरण गरेका छन्।गृहमन्त्री श्रेष्ठले सहिद इन्द्र कोइरालाकी पत्नी लक्ष्मी कोइरालालाई घरको साँचो हस्तान्तरण गरेका हुन्।

जानकारीमा आएअनुसार चारकोठे पक्की घर बनाउन झण्डै २१ लाख रुपैयाँ खर्च भएको निर्माण समितिले जनाएको छ।

Gomama Infotech
Gomama Infotech
Gomama Infotech


Janahit Voice is now on the test...!



Leave a Reply

Your email address will not be published. Required fields are marked *