Home  
Janahit Voice

‘सहिदको रगतले भन्छ हामीलाई – सही बाटो हिँड्दैछौं कि भुल्यौ दाजुभाइ’

२२ कार्तिक २०७७, शनिबार

पञ्चायती कालरात्रिको निरङ्कुश दमन नभोगेका र नदेखेकाहरूका लागि यो घटना दन्त्यकथा वा किंवदन्ती लाग्न सक्छ । तर त्यस कालखण्डमा भिन्न विचार र आदर्श बोकेवापत सत्ताको कोपभाजनको शिकार बन्नुपर्ने, न्यायिक सुनुवाइबिना नै मानिस मारिनु कुनै अनौठो कार्य थिएन । त्यसैले यहाँ वर्णन गरिएको घटना कुनै दन्त्यकथा वा किंवदन्ती होइन । यो त क्रान्तिको सपना बोकेर देश र समाज बदल्न हिँडेका एक होनहार योद्धाको पञ्चायतकालमा गरिएको गैरन्यायिक र कायरतापूर्ण हत्याको विवरण हो । अनि यो त्यो बर्बर हत्याकाण्डको घटनामा आततायीहरूको घेराबन्दी एवं पक्राउमा परेका तर त्यसबाट पनि आफूलाई सकुशल मुक्त गराउन सफल एक साहसिक योद्धाको अद्भूत सङ्घर्ष गाथाको वर्णन पनि हो, जसमा उनलाई मार्न भनी आततायीहरूले पूरै जङ्गलमा आगो लगाएका थिए ।

हो, यो कथाका मूलपात्र  वामपन्थी सिद्धान्तमा आस्था राखेर समाज बदल्ने अभियानमा जुट्दा तत्कालीन शासकहरुले बर्बरतापूर्वक हत्या गरेका  अमर क्रान्तिनायक रत्न वान्तवा हुन् । आफू जन्मेकै महिना र जन्मेकै गते अर्थात् चैत्र २७ गते (जन्म : वि.. २००८ साल चैत २७ गते शहादत: २०३५ साल चैत २७ गते)  त्यो पनि २७ वर्षको कलिलो उमेरमा उनले शहादत प्राप्त गरेका थिए । झापा आन्दोलनका सहिदहरुको रगतले सिंचित क्रान्तिको गोरेटोलाई फराकिलो बाटोमा परिणत गरेर समाज रुपान्तरण गर्ने महान् अभियानमा आफूलाई होमेका, ‘सहिदको रगतले भन्छ हामीलाई – सही बाटो हिँड्दैछौं कि भुल्यौ दाजुभाइ’भन्दै क्रान्तिको मसाललाई निभ्न नदिने प्रण गरेका रत्न वान्तवाको बलिदानी शहादतको कथा हो यो । र, यो कथा ती संघर्षशील क्रान्तियोद्धाको अद्भूत साहसको पनि कथा हो, जसले आफ्ना अग्रज कमरेड रत्न वान्तवासँगै झन्डै मृत्युलाई वरण गर्न पुगेकी थिइन्, र झिनो संयोगले बँच्न पुगेकी उनले रत्नको निमर्म हत्या गर्ने पञ्चायती जल्लादहरुको कब्जाबाट आफूलाई साहसपूर्वक मुक्त गराउन सफल भएकी थिइन् ।

आउनुहोस्, पञ्चायती शासनकालको दानवी अनुहारको पर्दाफास गर्ने त्यो कहालीलाग्दो घटनाका प्रत्यक्ष सहभागी एवं झन्डै मारिएकी कमरेड रत्नका सहयोद्धा सुशीला श्रेष्ठको मुखबाटै सुनौँ, वास्तवमै त्यसबेला के भएको थियो त ?

कोड भाषामा चिठी

म काठमाडौँमा पढ्दै गर्दा कम्युनिस्ट आन्दोलनमा आकर्षित भएकी थिएँ । झापा आन्दोलनलाई समर्थन गर्ने पक्षमा पुगिसकेकी थिएँ । त्यही समयको सेरोफेरोमा नख्खु जेल ब्रेक भइसकेको थियो । अब जनताका विश्वविद्यालयमा जानुपर्छ, जनतालाई सङ्गठित गर्नुपर्छ र समाजमा भइरहेका अन्याय अत्याचारका विरुद्धमा उनीहरूलाई उतार्नुपर्छ भन्ने सोचाइका साथ नै कोअर्डिनेसन केन्द्र, नेकपा माले बनिसकेपछि म त्यसमा आबद्ध भएर भूमिगत भएकी हुँ । त्यसबेला खास खासबाहेक अन्य खासै पदीय तह हुँदैन थियो, सङ्गठनमा भूमिगत कार्यकर्ताको हैसियतमा काम गर्ने पद्दति थियो ।

सङ्गठनले मलाई पूर्वी क्षेत्रमा खटायो । मलाई कमरेड रत्नकुमार वान्तवासँग भेट्न भनिएको थियो । त्यतिबेला अहिलेको जस्तो फोन, इन्टरनेट, इमेलको जमाना थिएन । यातायातको सुविधा अहिले जस्तो थिएन । इटहरीको भेट्न तय भएको ठाउँमा म त्यतिबेला निर्धारित समयमा पुग्न सकिनँ । त्यतिबेला नाइटबसमा यहाँबाट गइएको थियो तर बाटोमा गाडी बिग्रिएको कारण भोलिपल्ट मात्रै पुग्न सकेँ । निर्धारित समयमा म पुग्न नसकेको कारण र रात परिसकेको हुनाले मलाई लिन आउनु भएका जिम्मेवार साथी त्यहाँबाट जानुभयो ।

Gomama Infotech
Gomama Infotech
Gomama Infotech

Janahit Voice is now on the test...!

Leave a Reply

Your email address will not be published. Required fields are marked *