Home  
Janahit Voice

चिनी निर्यातमा प्रतिबन्ध लगाउने तयारीमा भारत

१९ बैशाख २०८०, मंगलवार

उत्पादनमा कमी आएको भन्दै भारत सरकारले चिनी निर्यातमा प्रतिबन्ध लगाउने तयारी गरेको छ।आगामी वर्ष लोकसभाको निर्वाचन हुनु अघि आउन सक्ने मूल्य वृद्धिको दबाब कम गर्न भारतीय सरकारले चिनी निर्यातमा प्रतिबन्ध लगाउने तयारी गरेको हो।

भारतमा अहिले घरेलु उपभोग मात्र धान्ने गरी करिब दुई करोड ७५ लाख टन चिनी छ। तर यो वर्ष हुने प्रदेश सरकारको चुनाव र आगामी वर्ष हुने लोकसभाको निर्वाचनलाई हेरेर यस्तो निर्णय गर्न लागिएको त्यहाँका सञ्चारमाध्यमहरूले उल्लेख गरेका छन्। भारतीय सरकारको यो नीतिले नेपाली उद्योगमा प्रत्यक्ष असर पर्ने देखिन्छ। चकलेट, आइसक्रिम, जुस, चिसो पेय पदार्थ, बेकरी आइटम, बिस्कुट लगायतका उद्योगमा चिनी प्रयोग हुन्छ।नेपालमा औद्योगिक र उपभोग प्रयोजनका लागि वार्षिक करिब दुई लाख ५० हजार मेट्रिक टन चिनी खपत भइरहेको छ। यसमध्ये, करिब एक लाख ३० हजार मेट्रिक
टन स्वदेशी उत्पादनले धान्दै आएको छ। बाँकी एक लाख २० हजार मेट्रिक टन विभिन्न मुलुकबाट आयात गरिन्छ।

चिनी उद्योग संघका उपाध्यक्ष राजकुमार अग्रवाल सकारले समयमै भारत सरकारसँग चिनीको माग गरे अभाव नहुने बताउँछन्। ‘समयमै सरकारले अनुरोध गर्‍यो भने भारतले दिन्छ,’ उनले भने। उनका अनुसार हाल यहाँ सञ्चालित चिनी उद्योगीहरूसँग ८० हजार मेट्रिक टन चिनी मौज्दात छ। उक्त परिमाणको चिनी कहिलेसम्म पुग्छ भन्ने अनुमान लगाउन नसकिने उनको भनाइ छ।’कहिलेसम्म पुग्छ भनेर त भन्न सकिन्न, उपभोक्ताको उपभोगमा भर पर्छ,’ उनले भने। भारतीय सरकारले चिनी निर्यातमा प्रतिबन्ध लगाए नेपाल सरकारमार्फत् भारत सरकारलाई चिनी निर्यात गरिदिन अनुरोध गरिने नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष अञ्जन श्रेष्ठले बताए।

‘हामी चिनी निर्यातका लागि भारत सरकारसँग अनुरोध गर्छौं,’ उनले भने, ‘भारत सरकारले हामीलाई अप्ठ्यारो परिस्थितिमा दिएको पनि छ।’भारत सरकारले चिनी निर्यातमा प्रतिबन्ध लगाएको खण्डमा नेपालका लागि निर्यात खुलाउन अनुरोध गरिने उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका उप–सचिव उर्मिला केसीले बताइन्। ‘हामी अनुरोध गर्छौं,’ उनले भनिन्, ‘गहुँको पनि हामीले थप कोटा माग गरेका छौं।’

Gomama Infotech
Gomama Infotech
Gomama Infotech


Janahit Voice is now on the test...!



Leave a Reply

Your email address will not be published. Required fields are marked *