Home  
Janahit Voice

हिजोदेखि अवरूद्ध पृथ्वी राजमार्गअझै खुल्न सकेन

१९ बैशाख २०८०, मंगलवार

धादिङको धार्केबजार नजिकैको गणेशखोला पुलको मुखमा जमिन भासिएर अवरुद्द भएको सडकखण्ड अझै खुल्न सकेको छैन। जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी नायब उपरीक्षक सन्तु जैसवालले बिहान १० बजेसम्ममा एकतर्फी सवारी चलाउने गरी काम भइरहेको बताएका छन।ठूला बस र ट्रकहरू रोकिएका छन्

भासिएको ठाउँमा ग्यावियन जाली भर्ने काम भइरहेको छ । यसका लागि नेपाल प्रहरी, नेपाली सेना र स्थानीयले काम जारी राखेका छन् । सोमबार दिउँसोदेखि अवरुद्ध बाटो तत्काल खुलाउन सकिने अवस्था छैन । काम भइरहेकाले कम्तीमा चार–पाँच घन्टा लाग्ने अनुमान गरिएको छ।

यातायात ठप्प हुँदा धार्के र धार्के आसपासमा सवारीसाधनको लामो जाम लागेको छ । यात्रु अलपत्रमा परेका छन् । पूर्वपश्चिमबाट आउने केही यात्रु स्थानीय गाडी प्रयोग गरेर वैकल्पिक बाटोबाट गन्तव्यतर्फ हिँडेका छन् भने अधिकांश यात्रु त्यही रोकिएका छन् ।धार्के क्षेत्रमा जाम लागेपछि प्रहरीले गाडीलाई बीच बाटोमै रोकेका छन् ।

Gomama Infotech
Gomama Infotech
Gomama Infotech


Janahit Voice is now on the test...!



Leave a Reply

Your email address will not be published. Required fields are marked *