Home  
Janahit Voice

राष्ट्रपतिले उपचार खर्च आफै बेहोर्ने

१९ बैशाख २०८०, मंगलवार

राष्ट्रपति रामचन्द्र पौडेलले भारतमा गराएको स्वास्थ्योपचारको खर्च आफैंले बेहोर्न चाहेको राष्ट्रपतिको स्वकीय सचिवालयले जनाएको छ । पेट तथा छातीमा समस्या देखिएपछि करिब दुई साता नयाँ दिल्लीस्थित अखिल भारतीय आयुर्विज्ञान संस्थान (एम्स) मा उपचार गराएर फर्किएका पौडेलले आफ्नो उपचारमा भएको खर्च आफैंले बेहोर्ने चाहना राखेका हुन् ।

मंगलबार विज्ञप्ति जारी गरी संयोजक कार्कीले उपचारका क्रममा भएको उपचार खर्च राष्ट्रपति आफैँले ब्यहोर्ने उल्लेख गरेका छन् ।त्रिवि शिक्षण अस्पतालमा उपचारका क्रममा स्वास्थ्यमा सुधार हुन नसकेपछि चिकित्सकहरूको सुझाव अनुसार भारतको नयाँदिल्लीस्थित एम्समा उपचार भएको थियो। उपचारका क्रममा भएको उपचार खर्च सम्माननीय राष्ट्रपतिज्यू स्वयम्‌ले ब्यहोर्न चाहेको कुरा जानकारीका लागि अवगत गराइन्छ,’ विज्ञप्तिमा भनिएको छ ।

यसअघि कांग्रेस महामन्त्री गगन थापाले सोमबार आयोजित एक कार्यक्रममा राष्ट्रपति पौडेलले आफ्नो उपचार खर्च आफैँले ब्यहोर्नुपर्ने बताएका थिए ।

विज्ञप्ति

Gomama Infotech
Gomama Infotech
Gomama Infotech


Janahit Voice is now on the test...!



Leave a Reply

Your email address will not be published. Required fields are marked *