Home  
Janahit Voice

सन्दीपले पाए उत्कृष्ट खेलाडीको अवार्ड

१९ बैशाख २०८०, मंगलवार

नेपालका सन्दीप लामिछाने एसीसी प्रिमियर कप प्रतियोगिताको उत्कृष्ट खेलाडी‘प्लेयर अफ दि सिरिज’ चुनिनु भएको छ । उत्कृष्ट खेलाडीको अवार्ड हात पारेपछि लामिछानेले यो सबैका लागि खुसीको पल भएको बताए ।

प्रतियोगितामा नेपाललाई अपराजित राख्दै एसिया कपमा छनोट गराउन सन्दीपले उत्कृष्ट खेल प्रदर्शन गरेका थिए । नेपालले फाइनलमा संयुक्त अरब इमिरेट्स (युएई) लाई सात विकेटले हराउँदै च्याम्पियन बनेको हो ।यस प्रतियोगितामा अलराउन्डर प्रदर्श नगरेका सन्दीपले पाँच खेलमा १३ विकेट लिए। यस्तै उनले ब्याटिङमा समेत उत्कृष्ट प्रदर्श नगरे । ब्याटिङमा पनि उनले ४२ रन बनाएका थिए।

प्रतियोगितामा ओमानका बिलाल खान उत्कृष्ट बलर छानिए भने यूएईका भिर्तिया अरविन्द उत्कृष्ट ब्याटर घोषित भए । फाइनल खेलमा गुल्सन झा प्लेयर अफ म्याच घोषित भएका थिए ।उनले खेल हेर्न त्रिभुवन विश्वविद्यालको मैदानमा पुगेका सम्पूर्ण दर्शकलाई धन्यवाद दिए । लामिछानेले भने, ‘फ्यानहरु हाम्रो परिवार हुनुभएको छ । हरेक दिन घामपानी नभनेर आउनुहुन्छ । तपाईंको सामु खेल्न पाउँदा रमाइलो लाग्छ ।’भन्दै नेपालको क्रिकेटलाई अझै माथि पुर्‍याउने प्रतिबद्धता व्यक्त गरेका छन।

Gomama Infotech
Gomama Infotech
Gomama Infotech


Janahit Voice is now on the test...!



Leave a Reply

Your email address will not be published. Required fields are marked *