Home  
Janahit Voice

डाटा रिकभरी नहुदा लोक सेवा आयोगबाट पुन: दरखास्त आह्वान

२० बैशाख २०८०, बुधबार

डाटा मेटिएपछि लोक सेवा आयोगबाट पुनः दरखास्त आह्वान गरेको छ|उम्मेदवारहरुले पुनःदरखास्त दिदा  शुल्क तिर्न नपर्ने बताइएको छ|आयोगले २०७९ साल मंसिर, पुस र माघ महिनामा प्रकाशित विज्ञापनहरुमा दरखास्त दिइसकेकाउम्मेदवारहरुलाई पुनः दरखास्त दिन आह्वान गरेको हो ।

मेटिएका डाटाहरु रिकभरी हुने निश्चित नभएपछि आयोगले पुनः दरखास्तदिन आह्वान गरेको हो ।
सबै उम्मेदवारहरुले जेठ १८ गतेभित्र पुनः दरखास्त पेश गरिसक्नुपर्ने र पुनः दरखास्त दिँदा शुल्क तिर्न नपर्ने लोक सेवा आयोगका सूचना अधिकारी देवीप्रसाद सुवेदीले जानकारी दिनुभएको छ।|

लोक सेवा आयोगको अनलाइन दरखास्त प्रणाली होस्ट गरिएको सरकारी एकीकृत डाटा सेन्टर (जीआईडीसी) बाट मेटिएका डाटाहरु रिकभरी हुने निश्चित नभएपछि आयोगले पुनः दरखास्त माग गरेको हो ।डाटा रिकभरीको प्रयास भइरहेको भएतापनि यो प्रक्रिया कहिलेसम्म पूरा हुने र के कति डाटा रिकभरी हुने एकिन नभएकाले २०८० साल जेठ महिनादेखि सन्चालन हुने गरी तोकिएका परीक्षा प्रभावित भएको आयोगले जनाएको छ ।

पुनः दरखास्त दिँदा पहिले जुन समूहको विज्ञापनमा आवेदन गरिएको हो सोही समूहको विज्ञापनमा मात्र आवेदन दिनुपर्ने गरेको । पुनः दरखास्त प्राप्त भएपछि साविकमा स्वीकृत भइसकेका दरखास्तहरु अनलाइन दरखास्त प्रणालीबाटै पहिचान गरी पुनः दरखास्त स्वीकृत हुने प्रबन्ध मिलाइएको
आयोगले जनाएको छ । साथै साविकमा स्वीकृत हुन बाँकी रहेका दरखास्तसँग सम्बन्धित पुनः दरखास्तहरु जाँच गरी यथाशीघ्र स्वीकृतिको कार्य सम्पन्न गर्ने पनि आयोगले जारी गरेको सूचनामा उल्लेख छ ।दरखास्त स्वीकृत भएपछि उम्मेदवारहरुले एसएमएसबाट जानकारी प्राप्त गर्नेछन् । दरखास्त स्वीकृत भएपछि नयाँ रोलनम्बरसहितको प्रवेशपत्र जारी हुने आयोगले जनाएको छ ।

Gomama Infotech
Gomama Infotech
Gomama Infotech


Janahit Voice is now on the test...!



Leave a Reply

Your email address will not be published. Required fields are marked *