Home  
Janahit Voice

आज सत्ता गठबन्धनको बैठक बालुवाटारमा बस्दै

२० बैशाख २०८०, बुधबार

सरकार विस्तारबारे छलफल गर्न सत्तारुढ गठबन्धनको बैठक आह्वान गरेको छ।आज दिउँसो ३ बजे बालुवाटारमा बस्ने गरी बैठक बोलाइएको प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को सचिवालयले जनाएको छ । ‘दिउँसो ३ बजे सत्ता गठबन्धनमा रहेका ५ दलको बैठक बालुवाटारमा बस्दै छ’, प्रधानमन्त्रीका प्रेस विज्ञ मनहरि तिमिल्सनाले भने,‘नीति कार्यक्रम र सरकार विस्तारबारे छलफल हुनेछ ।’ उपनिर्वाचन पछि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) लाई सकारमा ल्याउने प्रधानमन्त्रीको तयारी छ ।

बैठकमा मन्त्रिपरिषद् विस्तार, सरकारको नीति तथा कार्यक्रम र समसामयिक राजनीतिक विषयमा छलफल गर्ने कार्यसूची रहेको छ । रास्वपाले गृह मन्त्रालयसहित साविकका मन्त्रालय पाए मात्रै सरकारमा जाने अडान राखेको छ । यदि रास्वपा सरकारमा आए गठबन्धनमा रहेका दल बीचको भागबन्डामा साटफेर हुन सक्ने बताइएको छ।

Gomama Infotech
Gomama Infotech
Gomama Infotech


Janahit Voice is now on the test...!



Leave a Reply

Your email address will not be published. Required fields are marked *