Home  
Janahit Voice

अझै कति दिन पानी पर्छ?

२० बैशाख २०८०, बुधबार

पछिल्लो सातादेखि सक्रिय रहेको पश्चिमी वायु र स्थानीय वायुको प्रभाव बुधबार पनि दिनभरजसो नै रहनेछ। पश्चिमी वायु साथै स्थानीय वायुको प्रभावका कारण देशभर भइरहेको वर्षाका कारण जनजीवन प्रभावित बनेको छ। नेपालमा अहिले परिरहेको पानी मनसुन पूर्व हुने वर्षा हो। काठमाण्डूमा मे महिनामा मात्र औसत १२३.६ मिलिमिटर वर्षा हुने गरेको मौसम विभागको तथ्याङ्क छ। यो साताको सुरुवातदेखि मङ्गलवारसम्ममा उपत्यकामा जम्मा ३ मिलिमिटर वर्षा भएको छ।

बुधवार दिउँसो सुदूरपश्चिम प्रदेश लगायत देशको पहाडी भू-भागमा र बाँकी एक-दुई स्थानमा मेघ गर्जन/चट्याङ्गसहित क्षणिक वा हल्का वर्षाको सम्भावना रहेको पूर्वानुमान छ। राति देशको पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली हुने र बाँकी भू-भागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहने पूर्वानुमान छ। पहाडी भू-भागका थोरै स्थानहरूमा मात्र मेघ गर्जन/चट्याङ्गसहित क्षणिक वा हल्का वर्षाको सम्भावना रहेको उल्लेख गरिएको छ।

बिहीवार दिउँसो र राति भने देशका पहाडी भू-भागका थोरै स्थानहरू तथा बाँकी भू-भागका एक-दुई स्थानमा मेघ गर्जन/चट्याङ्ग सहित क्षणिक वा हल्का वर्षाको सम्भावना रहेको पूर्वानुमान महाशाखाले जनाएको छ।

Gomama Infotech
Gomama Infotech
Gomama Infotech


Janahit Voice is now on the test...!



Leave a Reply

Your email address will not be published. Required fields are marked *