Home  
Janahit Voice

ट्रक अनियन्त्रित हुदा तनहुँमा दुर्घटना

२० बैशाख २०८०, बुधबार

तनहुँमा ना ४ ख १९७३ नम्बरको ट्रक अनियन्त्रित भएर घरमा ठोक्किन थियो पुग्दा ८ जना घाइते भएका छन् । बुधवार बिहान बन्दिपुर गाउँपालिकाको आधिखोलास्थित पृथ्वीराजमार्ग सडक खण्डमा डुम्रे तर्फबाट मुस्लिनतर्फ जाँदै गरेको ट्रक अनियन्त्रित भएर सडक छेउमा रहेको सुनमाया भुजेल र सन बहादुर भुजेलको घरमा ठोकिन पुगेको  थियो।

दुर्घटनामा घाइते हुनेमा स्थानीय आयुस भुजेल, आयुसा भुजेल, चेत बहादुर घर्ती, सनबहादुर भुजेल, जस्मिन भुजेल, ईश्वर भुजेल, समिर भुजेल र सन्तोष भुजेल रहेका छन् । घाइतेहरु पैदल यात्रीहरू र सोही घरका मानिसहरू रहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ । घाइतेहरूलाई हार्डजोर्नी अस्पताल आबुँखैरेनीमा प्राथमिक उपचारपछि थप उपचारको लागि चितवनस्थित पुरानो मेडिकल कलेजमा पठाइएको प्रहरीले जनाएको छ । अहिले राजमार्ग अवरूद्ध छ। राजमार्ग खुलाउने प्रयास भइरहेको प्रहरीले जनाएको छ।

Gomama Infotech
Gomama Infotech
Gomama Infotech


Janahit Voice is now on the test...!



Leave a Reply

Your email address will not be published. Required fields are marked *