Home  
२० बैशाख २०८०, बुधबार
गणेशखोला पुलमा परेको खाल्डो पुरियो,एकतर्फी सवारी सञ्चालन
धादिङको गणेशखोलामा बुधबार मध्याह्न १२ बजेतिर परेको खाल्डो पुरेर पौने २ बजेदेखि एकतर्फी सवारी सञ्चालन गरिएको छ पुलको मुखमा सडक भ्वाङ परेपछि दुवै तर्फी सवारी आवागमन बन्द भएको थियो।सोमबार गणेशखोला पुलको मुखमा सडक भासिएको थियो।सडक भासिएपछि १६ घण्टा लगाएर ग्याबिन वाल लगाइएको थियो। तर आज फेरि अर्को ठाउँमा सडक भासिएसँगै सडक अवरूद्ध भएको थियो
नयाँ पुल निर्माणका लागि फाउण्डेशन खन्ने क्रममा पुरानो पुलको फाउण्डेशन भएको जमिन भासिन पुगेको छ । त्यही जमिन भासिएको ठाउँमा ग्याविन जाली लगाएर सवारी सञ्चालनमा ल्याइएको थियो ।
अहिले फेरि जाली लगाएकै ठाउँमा भ्वाङ परेको स्थानीयले बताएका छन् । एकतर्फी सडक सञ्चालनमा ल्याइए पनि जोखिम भने टरेको थिएन ।