Home  
Janahit Voice

वैशाख २४ मा संसद् अधिवेशन आह्वान गर्न राष्ट्रपतिसमक्ष सिफारिस

२० बैशाख २०८०, बुधबार

सरकारले आगामी वैशाख २४ गते संसदको अधिवेशन आह्वानका लागि राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको छ । मन्त्रिपरिषद्को आज बसेको बैठकले सो निर्णय गरेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ। बुधबार बसेको मन्त्रिपरिषद् बैठकले २४ गते संसदको दुबै अधिवेशन (बजेट) अधिवेशन आह्वानका लागि सिफारिस गर्ने निर्णय भएको जनाइएको छ।

कीर्तिपुरस्थित क्रिकेट मैदानलाई अन्तर्राष्ट्रियस्तरको मैदान बनाउन आगामी आर्थिक वर्षमा बजेट विनियोजन गरी निर्माण कार्य सम्पन्न गर्ने निर्णय पनि बैठकले गरेको छ।यसैगरी बैठकले कोसीटप्पु वन्यजन्तु आरक्ष स्थापना गर्दा विस्थापित भएकाहरूका सन्दर्भमा थप छानबिन गरी समस्या समाधान गर्न आयोग पुनर्गठन गरी तीन महिना म्याद थप गर्ने निर्णय गरेको छ।

विज्ञापन नियमन गर्ने ऐन, २०७६ मा भएको एकद्वार र समानुपातिक विज्ञापनका सम्बन्धमा आवश्यक प्रक्रिया पूरा गरी विज्ञापन नियमावली, २०७७ संशोधन गर्ने निर्णय गरिएको छ। यसअघि संसदको हिउँदे अधिवेशन वैशाख १५ देखि समाप्त भएको थियो । बजेट अधिवेशनमा सरकारको नीति तथा कार्यक्रमदेखि लिएर बजेट प्रस्तुत र पारितसम्मका गतिविधिहरु हुनेछ ।

Gomama Infotech
Gomama Infotech
Gomama Infotech


Janahit Voice is now on the test...!



Leave a Reply

Your email address will not be published. Required fields are marked *